कहाँबाट आयोे एकता भाँड्न धम्की र प्रलोभन ? प्रचण्डको यस्तो खुलासा

190 Hits

महोत्तरी, ५ फागुुुन ।
नेकपा माओवादी केन्द्र र एमाले बीच एकताको अन्तिम अवस्थामा आएर देखिएको दरारमा वाह्य धम्कीको हात रहेको प्रचण्डले खुलासा गरेका छन् । एकताको विषयमा थुप्रै आशंकाहरु गरिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महोत्तरी पुगेर एकता नगराउन धम्की आएको खुलासा गरेका हन् ।

नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेकोले त्यसविरुद्ध खबरदारी आवश्यक भएको उनले बताएका हुन् । महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबनधनको प्रक्रिया शुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको दृष्टान्त पेश गरेका थिए ।

“नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको लागि कम्युनिष्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ भनेर मैले नै प्रस्ताव अगाडि बढाएँ ।” सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “जनताको चाहना पनि यही भएकोले अहिले झण्डै दुई तिहाई बहुमत वामपन्थीहरुको आएको छ । तर वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकून भनेर देशी विदेशी प्रतिक्रियावादी लागि परेका छन् ।”

प्रदेश र संघको निर्वाचनमा वाम गठबन्धनको झण्डै दुई तिहाई बहुमत आएपछि एमाले र माओवादी केन्द्रलाई प्रलोभन र धम्की दिएर एकता भाँडने षडयन्त्र भएको प्रचण्डको तर्क थियो । प्रचण्डले निर्वाचनमा दुई तिहाई आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताए ।

अध्यक्ष प्रचण्डले इतिहासको निर्माण गर्न एक दुई जना नेताको मात्रै भर पर्न नसकिने बताउँदै सिँगो पार्टीका नेता र कार्यकर्ता चनाखो हुनुपर्ने समेत बताउनु भयो । “सबैमा अपील गर्न चाहन्छु, तपाईहरु सतर्क रहनुहोला, सावधान रहनुहोला, ताकि षडयन्त्रकारीको षडायन्त्रमा कोही नफसौं ।” अध्यक्षले भने, “हामीले जुन ऐतिहासिक मिसन गरेका छौं, शहीद र अग्रजले देखेका सपना पुरा गर्ने जुन महान अभियानको शुरुआत भएको छ, त्यसलाई बीच बाटोमा नै तुहाउने षडयन्त्र भइरहेको छ । प्रक्रिया अवरुद्ध पार्ने षडयन्त्र भएको छ । तपाईहरु सतर्क बस्नुहोला ।”

दुई नम्बर प्रदेशका सबै पार्टीका नेता कार्यकर्तालाई आ–आफनो पार्टीका नेतालाई सतर्क तुल्याउने र गठबन्धनलाई सफल पार्न समेत अध्यक्ष प्रचण्डले आव्हान गरेका थिए ।

हात्तीनेटको ऐतिहासिक र राजनीतिक महत्व रहेको बताउँदै अध्यक्ष प्रचण्डले २०३६ सालको ऐतिहासिक आन्दोलनको बेला क्रान्तिकारी गाउँका रुपमा हात्तीलट गाउँका रुपमा सुनेको बताउनुभयो । “तर धेरैपटक महोत्तरी आएर पनि हात्तीलेटमा आएर यहाँका अग्रज कमरेडसँग भेट र जनसमुदायसँग संवाद गर्ने अवसर जुटेको थिएन ।” प्रचण्डले भने

अध्यक्ष प्रचण्डले अगाडि थपे “एक वर्षअघि म प्रधामन्त्री हुँदा मधेश र पहाड के हुने हो ? छिमेकीहरुसँग सम्बन्ध के हुने हो ? संविधान बनेपनि कार्यान्वयन हुने हो कि होइन, निर्वाचन हुने हो कि होइन ? भन्ने अवस्था विद्यमान थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि क्रान्तिको नेतृत्व गरेको कारण मधेश र पहाडी जनतालाई विश्वासमा लिएर संविधानमा कार्यान्वयन गर्नेतर्फ लैजाने मेरो जिम्मेवारी र कर्तव्य थियो । मैले त्यो जिम्मेवारी पुरा गर्न प्रधानमन्त्री भएदेखि मधेशसँग संवाद गर्ने, असन्तुष्ट पक्षसँग बारम्बार वार्ता गर्ने र निर्वाचनसम्म देशलाई लैजान सके, त्यसमा मलाई गर्व छ ।”

मधेसका जनताले आफ्नो अपीललाई निकै उच्च महत्वका साथ लिएको समेत प्रचण्डले अनुभुति सुनाए । “पहाडमा ७३ प्रतिशत भोट खस्दा मधेसमा ७७ प्रतिशत भोट खस्यो । मधेसका जनताले मेरो अपीललाई गम्भीररुपमा लिए। यसमा मलाई गर्व छ ।” प्रचण्डको भनाई थियो

Loading...

Related News

फोरम नेपालका लालबाबु राउत प्रदेश नम्बर २ को मुख्यमन्त्री नियुक्त

काठमाडौँ – संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा  नियुक्त भएका छन्। प्रदेश प्रमुख रत्नेश्वर लाल…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी