प्रदेश प्राप्तिका लागि साहदत प्राप्त सहिदहरुको तस्विर राख्न माग
सुर्खेत, ५ फागुुन/
प्रदेश नं. ६ को संसद सचिवालयमा प्रदेश प्राप्तिका लागि साहदत प्राप्त सहिदहरुको तस्विर राख्न माग गरिएको छ ।
शनिबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा माओवादी केन्द्रबाट सांसद् धर्मराज रेग्मीले प्रदेश प्राप्तिका निम्ति ज्यान गुमाएका चारै जना सहिदहरुको तस्बिर बैठक कक्षमा देखिने गरि भित्तामा टाँस्न आग्रह गरेका हुन् ।
उपसभामुखको प्रस्तावक रहेका सांसद् रेग्मीले ‘उपसभामुख निर्वाचित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा यस्तो माग गरेका हुन्। उनले प्रदेश प्राप्तिका लागि साहदत प्राप्त सहिदहरु गोपालसिंह रजवार, यामबहादुर विसी, टिकाराम गौतम, हरिबाबु कुँवरका तस्विरहरु राख्न आग्रह गरेका हुन् ।