शिक्षक सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने-‘प्याकेजमै सहमति गरेर मात्रै सरकारमा जान्छौं’

177 Hits

काठमाडौं, ४ फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग राष्ट्रपति, मन्त्रीदेखि ठूला नियुक्तिमा प्याकेजमै समझदारी गरेर सरकारमा जाने बताउनुभएको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक विस्तार भएको मन्त्रीमण्डलमा माओवादी सहभागी नहुँदा प्रश्न उठेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘पार्टी एकतामा ठूलो सदस्य आएको होइन । राष्ट्रपति, मन्त्री र ठूला नियुक्ति र सरकारका काम सम्बन्धी विषयमा एकैचोटी समझदारी बनाएर दृढताका साथ अगाडि बढ्छौं ।’

पार्टी एकतामा सकारात्मक कुरा भइरहेको उहाँले बताउनुभयो । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको बताउनुभयो ।

शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधारबारे सम्मेलनबाट सुझाव दिन प्रचण्डले निर्देशन दिनुभयो । ‘हिजोका कमजोर सरकारले गर्न नसकेका काम हामी गर्न चाहन्छौं,’ उहाँले भन्नुभयो, ‘सम्मेलनबाट शिक्षा क्षेत्रमा गर्नुपर्ने कामको निचोड र सुझाव सुत्रवद्ध रुपमा प्रस्तुत गर्नुहोला । सुझावलाई पार्टी र सरकारका तर्फबाट गुणात्मक रुपमा सम्बोधन गर्छौ ।’ वाम गठबन्धनको झण्डै दुईतिहाई बहुमत आएको बताउनुहुँदै प्रचण्डले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बढाउने काम सरकारले गर्ने बताउनुभयो ।

‘जनताको चाहना अनुसारको शिक्षा दिन अनुसन्धानका कार्यक्रम गर्न बजेट छुट्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘बेरोजगार उत्पादन गर्ने सैद्धान्तिक शिक्षालाई परिमार्जन गरेर शिक्षालाई जीवनोपयोगी, उत्पादनमूलक र रोजगारीमूलक बनाउनुपर्छ ।’

व्यवसायिक हित र समुदायको समृद्धिका शिक्षा आवश्यक पर्ने बताउनुहुँदै प्रचण्डले स्थायित्व र समृद्धिको यात्रा शिक्षा क्षेत्रबाटै सुरु गरिने बताउनुभयो । ‘शिक्षकका समस्या समाधान र शिक्षामा रहेको बेलगाम निजीकरणलाई नियन्त्रण गर्ने नीति सरकारले ल्याउने छ,’ उहाँले भन्नुभयो ।

उहाँले विगतमा वाम नेतृत्वको सरकारले शैक्षिक सुधारका पक्षमा काम गरेको भए पनि कर्मचारी प्रशासनको असहयोगका कारण सम्पूर्णरुपमा सफल हुन नसकिएको उल्लेख गर्नुभयो । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा पुर्व पूर्वशिक्षामन्त् गिरीराजमणी पोखरेल, धनिराम पौडेल, पूर्वमन्त्रीहरु तथा शिक्षक नेताहरु अग्नी प्रसाद सापकोटा, हितराज पाण्डे, पुष्पविक्रम मल्ला, चन्द्र कान्त पौडेल लगायत सय भन्दा वढि लाई सम्मान गरिएको थियो ।

Loading...

Related News

प्रचण्डले भने-‘सबैको साथ नभएको भए परिवार नै बिघटनमा जानसक्थ्यो’

काठमाडौं, ३ मंसिर- नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक मात्र छोरा प्रकाश दाहालको निधनको दुखद परिस्थितिमा…

party unification will conclude soon : Prachanda

Myagdi, 15 Nov- Chairperson of the Communist Party of Nepal, Pushpa Kamal Dahal ‘Prachanda’ has said that party unification would…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी