देशभरका माओवादी समर्थक शिक्षकहरु राजधानीमा, आज प्रचण्डले सम्मेलन उदघाटन गर्दै, यस्तो छ तयारी

167 Hits

काठमाडौं, ४ फागुन ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलन आज बाट काठमाडौंमा शुरु हुँदैछ । फागुन ४, ५ र ६ मा काठमाडौंमा हुने सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज गर्दैछन् ।
प्रचण्डको प्रमुख आतिथ्यमा आज मध्यान्ह भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लवको सभाहलमा सम्मेलनको उद्घाटन समारोह हुने संगठनले जनाएको छ । सम्मेलनको बन्द सत्र भने फागुन ५ र ६ गते सोही हलमा सञ्चालन हुनेछ ।

‘समाजवादी शिक्षा नीतिसमाजवादी क्रान्तिको आधार, ट्रेड युनियन अधिकार, वामपनथी शिक्षक एकता र शैक्षिक विकास पाँचौं राष्ट्रिय सम्मेलनको कार्यभार’मूल नाराका साथ सम्पन्न हुन लागेको सम्मेलनले आगामी नयाँ नेतृत्व र रणनीति चयन गर्ने छ ।
सम्मेलनमा सहभागि हुन देशभरबाट प्रतिनिधि शिक्षकहरु राजधानी आइसकेको महासचिव ऋषिराम चापागाईले बताए । उनले देशभरबाट प्रतिनिधि तथा अन्य सहभागिहरु आएको जानकारी दिए ।
संगठनको असोज २१ र २२ गते बसेको केन्द्रिय समितिको पूर्ण बैठकले पौष १० गते सम्म स्थानीयतहको, माघ २० सम्म जिल्ला तहको, माघ २७ भित्र प्रदेश तहको र फागुन ४, ५ र ६ मा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको थियो । सोही अनुसार स्थानीयतह, जिल्ला र प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएसँगै संगठन राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको थियो ।

पाँचौं सम्मेलनमा देशभरबाट ११०६ प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सम्मेलनको एबिसि टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ भने इन्द्रेणी सास्कृतिक परिवारकोे सास्कृतिक कार्यक्रमको प्रस्तुति रहनेछ ।

सम्मेलनमा संगठनलाई त्याग र बलिदानी गरेका, शिक्षा क्षेत्रमा विशिष्ट योगदान दिएका, उत्कृष्ट नमुना विद्यालय निर्माण गर्न योगदान दिएका व्यक्तिहरुलाई सम्मानित गरिने संगठनका महासचिव ऋषिराम चापागाईले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा माओवादीको तर्फबाट विभिन्न समयमा शिक्षा मन्त्री बनेका नेताहरु, संगठनका पुर्व अध्यक्षहरु लगायतलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष चापागाईले बताए । उनका अनुसार पुर्व शिक्षा मन्त्री अग्नी प्रसाद सापकोटा, दिनानाथ शर्मा, गिरीराजमणी पोखरेल र डि आर पौडेललाई सम्मान गरिनेछ । त्यसैगरी पुर्व अध्यक्षहरु हितराज पाण्डे, चन्द्रकान्त पौडेल, गुणराज लोहनी, रत्न बहादुर ओलीलाई सम्मान गरिनेछ । माओवादी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डको हातबाट उनीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिने बताइएको छ ।

शिक्षक संगठनको पाँचौ राष्ट्रिय सम्मेलनको तयारी पुरा

 

Loading...

Related News

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई सम्पूर्ण मतपरिणाम

काठमाडौं २ फागुन– प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण परिणाम निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको…

माओवादी नेतृ तामाङ प्रदेश ३ को उपसभामुखमा निर्वाचित

हेटौँडा, २८ माघ । प्रदेश नं ३ प्रदेशसभा उपसभामुखमा नेकपा माओवादी केन्द्रकी नेतृ तथा नुवाकोटबाट निर्वाचित सांसद राधिका तामाङ निर्विरोध…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी