पार्टी एकता नभएसम्म माओवादी सरकारमा सामेल नहुने, के होला एकता ?

145 Hits

काठमाडौं, ४ फागुन ।
एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने अडानमा देखिएको छ । बुधबार राति अबेरसम्म चलेको दुई दलबीचको छलफलमा सहमति जुट्न नसकेपछि केन्द्रले बिहीबार सरकारमा आफ्ना तर्फबाट मन्त्री पठाएन ।

प्रधानमन्त्री ओलीसहित एमालेका दुई मन्त्रीले मात्र शपथ लिए ।‘पार्टी एकता र सरकारसम्बन्धी दुई दलको छलफल नटुंगिएका कारण हामीले अहिले मन्त्री नपठाएका हौं,’ माओवादी प्रवक्ता पम्फा भुसालले कान्तिपुरसँग भनिन्, ‘केही राजनीतिक र वैचारिक विषय टुंग्याउन बाँकी छन् ।’

माओवादी केन्द्रका प्रमुख नेताहरू बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बैठक बसेका थिए । बैठकले प्रधानमन्त्रीमा ओलीलाई तत्काल समर्थनसहितको पत्र राष्ट्रपतिकामा पुर्‍याउने तर सरकारमा सामेल नहुने निष्कर्ष निकालेको थियो । खुमलटार बैठकपछि माओवादीको समर्थन रहेको भन्दै दाहालले लेखेको पत्रसहित नेता नारायणकाजी श्रेष्ठ मात्र एमाले नेताहरूसँगै राष्ट्रपति कार्यालय पुगेका थिए ।

त्यहाँ दाहालले राष्ट्रपतिलाई सम्बोधन गर्दै पठाएको आफ्ना ५३ जना सांसदको केपी ओलीलाई समर्थन रहेको बेहोराको पत्र श्रेष्ठले हस्तान्तरण गरेका थिए । बुधबारको वार्तामा दुई दलबीच बिहीबार वाम एकता संयोजन समितिको बैठक बसी बाँकी विषय टुंग्याउने सहमति थियो । तर, बिहीबार बिहानैदेखि प्रधानमन्त्री नियुक्तिसम्बन्धी काममा अल्झिएकाले दुई दलको बैठक हुन सकेन ।

शुक्रबार दुई दलबीच छलफल हुने माओवादी प्रवक्ता भुसालले जानकारी दिइन् । उक्त बैठक सहमतिमा पुगे माओवादीले ओली नेतृत्वको सरकारमा आफ्ना मन्त्रीहरू पठाउनेछ । नत्र बाहिरै बसेर समर्थन मात्र गर्नेछ । नेताहरूका अनुसार बुधबार झन्डै चार घण्टा चलेको बैठकमा प्रधानमन्त्री आलोपालो गर्ने र पार्टीको सैद्धान्तिक विषय के हुने भन्नेमा कुरा मिल्न सकेको थिएन ।

दुवै पार्टीका अध्यक्ष पार्टीको संयुक्त नेतृत्व गर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत थिए । तर, सरकारको नेतृत्व पनि ओली र दाहालबीच आलोपालो हुनुपर्ने, समय पनि किटान गर्नुपर्ने माओवादीको अडान थियो ।

छलफलमा दुई पार्टीका अध्यक्षको संयुक्त नेतृत्वको विषय टुंगिए पनि अन्य शीर्ष नेताका बारेमा के गर्ने भन्ने स्पष्ट धारणा बनिसकेको थिएन । दुवै दलका प्रमुख नेताले एकता प्रक्रियामा आफ्नो पनि स्थान सुरक्षित होस् भन्ने चाहेका छन् । उनीहरूको भूमिका अहिले नै के हुने भन्ने तय नहुँदा त्यसको प्रभाव बुधबारको वार्तामा पर्‍यो । अब शुक्रबार बिहानैदेखि बस्ने एकतासम्बन्धी बैठकले यो विषयसमेत निरूपण गर्नुपर्ने आजको कान्तिपुर दैनिकमा खबर छ ।

Loading...

Related News

ओलीलाई प्रधानमन्त्री बनाउन बाम गठबन्धनले गर्यो दावी पेश

काठमाडौं, ३ फागुन । बाम गठबन्धनले एमाले अध्यक्ष तथा काम गठबन्धनका नेता के पी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेबी…

सकियो माओवादी र एमाले अध्यक्षको एकता वार्ता, यस्तो भयो सहमति

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड\ले फागुन १ गते नै एकता प्रक्रिया टुंग्याउने उद्घोष गरेपछि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी