नयाँ सरकार गठनको तयारी सुरुभएसँगै बढ्यो नेप्से

98 Hits

काठमाडौं, ३ फागुन ।

नयाँ सरकार गठनको तयारी सुरुभएसँगै नेप्से परिसूचक बढेर १४ सय २४ विन्दुमा  पुगेको छ ।

‘कुल गाहस्र्थको करिब ६० प्रतिशत बराबरको बजारलाई सरकारले नीतिगत रुपमा हालसम्म सम्बोधन गरेको छैन ।  नेपालको सेयर बजारको आकार १६ खर्ब ६६ अर्ब बराबर छ ।

बजार वृद्धिको अपेक्षामा रहेकै कारण विहीबार लगानीकर्ताहरुले दोब्बरले लगानी वृद्धि गरेका छन् । ६६ करोड रुपैयाँको सेयर किनबेच यसदिन भएको छ । उच्च कारोबार हुनेमा वाणिज्य बैंक अग्रस्थानमा छन्

कुमारी, नेपाल इन्भेष्टमेन्ट, सानिमा, नबिल, एभरेष्ट, एनएमबी र नेपाल बैंकको सेयर कारोबार उच्चले बढेको छ । कुमारी बैंक र एनएमबी बैंकको तोकिएको चुक्ता पुँजी पुग्न बाँकी रहेको र अन्य बैंकहरु हाल सबल बैंकको रुपमा देखिएकोले पनि कारोबार बढेको हो । कुमारीको सबैभन्दा धेरै तीन करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।

यसदिन सबै समूहको परिसूचक बढेको छ । आठ समूहमा दुई देखि तीन प्रतिशतसम्म वृद्धि भएको छ । होटेल र ‘अन्य’ समूहको परिसूचक मात्रै एक प्रतिशतसम्म बढेको छ ।

बजार बढेपनि १० कम्पनीको मूल्य मात्र घटेको छ । एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डको मूल्य सबैभन्दा धेरैले घटेको हो । फण्डको मूल्य तीन प्रतिशतले घटेको छ ।

Related News

प्रदेश ४ : श्रोतमा धनी तर विकासमा पछाडि ! कसरी होला विकास

जीवन बस्नेत काठमाडौं, बैसाख नेपालका संघिय संरचना अनुसारको प्रदेश नं ४ प्राकृतिक श्रोतले हराभरा छ । जलश्रोत र जंगल तथा…

ऊर्जामा १ खर्ब ५ अर्ब रुपैयाँ अमेरिकी लगानी प्रस्ताव

काठमाडौं, ३० चैत – एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम…

Comments are closed