यी हुन् प्रचण्डले बनाएका प्रधानमन्त्रीहरु, ओली दोश्रो पटक

3070 Hits

काठमाडौं, ३ फागुन ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेपाली राजनीतिका एक गतिशील र डाइनामीक नेता हुन् । राजनेताको रपमा स्थापित हुदै गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०५२ सालमा शुरु भएको शसस्त्र जनयुद्धका कमाण्ड मात्रै होइन जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्दै गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत बनेका नेता हुन् ।

२०६३ सालमा शान्ति वार्तामार्फत शान्ति प्रक्रियामा प्रवेश गरेयता प्रचण्ड नेपालको राजनीतिका किंग मेकर बनेका छन् । प्रचण्ड शान्ति वार्तामा आउँदा शान्ति सम्झौतामा हस्ताक्षर गरी मूलुकमा शाति स्थापना गर्ने कार्यको प्रमूख २ हस्ताक्षरकर्तामध्ये प्रचण्ड मात्रै एक जीवित नेता हुन् । उनका समकक्षी कांग्रेस सभापति गिरीजाप्रसाद कोइराला अहिले छैनन् । प्रचण्डले शान्ति वर्ता गरेकै कारण गिरीजाले अन्तिम पटक प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेका थिए ।

गिरीजाले प्रचण्डलाई अबको मूलुकको कार्यभार सम्हाल्नुपर्छ भनेका कुरा प्रचण्डले बारम्बार सम्झिरहन्छन् । गिरीजापछि नेपालको राजनीति प्रचण्डकै मियोमा घुमिरहेको देखिन्छ ।

प्रचण्ड आफू प्रधानमनत्री हुँदा राजनीतिको उच्च नैतिकता प्रदर्शन गर्दे प्रधानमन्त्री जस्तो पद परित्याग गर्ने नेता मात्रैमा सिमित भएनन् उनले निर्वाचनमा २ स्थानबाट पराजित भएका एमाले नेता माधव कुमार नेपाललाई संविधानसभाको सभासद बनाउने भूमिका खेले । पछि तीनै माधव नेपाल प्रचण्डको बहिर्गमनपछि नेपालको प्रधानमन्त्री बने ।

त्यसैगरी प्रचण्ड नेपालका नेताहरुलाई प्रधानमन्त्री बनाउने सक्षम नेताको रुपमा पनि परिचय बनाएका छन् । उनले अर्का एमाले नेता तथा तत्कालिन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको  प्रस्ताव गरे र बनाइछाडे । खनाल प्रचण्डको सहयोग र प्रस्ताव विना प्रधानमन्त्री बन्ने स्थिति थिएन ।

त्यसैगरी प्रचण्डको सहयोग र प्रस्तावमा प्रधानमन्त्री बन्ने अवसर पाएका अर्का नेता हुन् तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराई । उनी अहिले माओवादी परित्याग गरी नयाँ शत्ति नेपालको संयोजक बनेका छन् र अहिले गोर्खा क्षेत्र नं २ बाट सांसद बनेका छन् ।
प्रचण्डले प्रधानमन्त्री बनाएका अर्का नेता हुन् एमाले अध्यक्ष के पी शर्मा ओली ।

ओलीलाई प्रचण्डले आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएका थिए । अहिले पनि ओलीलाई प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बन्न्े अवसर जुरेको छ । ओली र प्रचण्ड दुबै जना अहिले बाम गठबन्धनका प्रमूख नेताको रुपमा खडा भएका छन् । आज ओली दोश्रो पटक नेपालको सर्वोच्च पद प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।

त्यसैगरी प्रचण्डले प्रधानमन्त्री बनाएका अर्का पात्र वा नेता हुन् कांग्रेस सभापति शेर बहादुर देउवा । प्रचण्डले आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी प्रधानमन्त्रीबाट हटाएर फेरी आफ्नै प्रस्तावमा कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाएका थिए ।

Loading...

Related News

आफैं प्रमूख भएर बाबुरामले के दिए विकल्प ?

काठमाडौं, १५ कात्तिक । पढाइमा नेभर सेकेण्डको रुपमा परिचित डा बाबुराम भट्टराई राजनीतिमा भने नेभर सेकेण्ड बन्न सकेनन् । प्राय…

रामबीरको राजीनामा : बामदेवले दिए धन्यवाद, बाबुरामले भने भ्रष्टीकरण

काठमाडौं, २४ असोज । अहिले चर्चाको शिखरमा छ काठमाडौं क्षेत्र नं ७ का सांसद रामबीर मानन्धरले घोषणा गरेको राजीनामा ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी