ओलीलाई प्रधानमन्त्री बनाउन बाम गठबन्धनले गर्यो दावी पेश

137 Hits

काठमाडौं, ३ फागुन ।
बाम गठबन्धनले एमाले अध्यक्ष तथा काम गठबन्धनका नेता के पी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेबी भण्डारीसमक्ष दावी पेश गरेको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको सबै नतिजा सार्वजनीक गरेपश्चात बाम गठबन्धनले आफुसँग रहेका स्पष्ट बहुमत सदस्यको नामावली सहित ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै दावी पेश गरेको हो ।

बाम गठबन्धनका प्रमूख दुई नेता एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भण्डारीलाई विहिवार विहान राष्ट्रपति निवास शितलनिवासमा भेट गरी प्रधानमन्त्रीको दावी प्रस्तुत गरेका हुन् ।
वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष ओलीसहित माओवादी र एमाले नेताहरु शितल निवास पुगेका थिए ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ बहुमत छ । ओली यसअघि ०७२ असोज २४ गते पनि प्रधानमन्त्री बनेका थिए ।

Loading...

Related News

पार्टी एकता नभएसम्म माओवादी सरकारमा सामेल नहुने, के होला एकता ?

काठमाडौं, ४ फागुन । एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने…

सकियो माओवादी र एमाले अध्यक्षको एकता वार्ता, यस्तो भयो सहमति

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड\ले फागुन १ गते नै एकता प्रक्रिया टुंग्याउने उद्घोष गरेपछि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी