शिक्षक संगठनको पाँचौ राष्ट्रिय सम्मेलनको तयारी पुरा

408 Hits

काठमाडौं,  फागुन ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । काठमाडौंको भृकुटिमण्डपस्थित नेपाल प्लिस क्लवको हलमा फागुन ४ गतेदेखि ६ गतेसम्म चल्ने सम्मेलनको आन्तरिक संगठनात्मक र बाह्य तयारी दुबै पुरा भएको संगठनका अध्यक्ष भोला सापकोटाले जानकारी दिए ।
संगठनको राष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा वितरित प्रेस विज्ञप्तिमा गत पौष १० गते सम्म गाउँपालिका, नगरपालिकास्तरिय सम्मेलनहरु सम्पन्न भएको तथा माघ २० गतेसम्म जिल्ला समन्वय समितिस्तरिय सम्मेलनहरु सम्पन्न गरिएको जानकारी दिइएको छ ।

त्यसैगरी माघको ११ गतेदेखि २७ गते सम्म सातै वटा प्रदेश स्तरिय प्रथम सम्मेलन सम्पन्न गरि राष्ट्रिय सम्मेलनको लागि प्रतिनिधि छनौटको कार्य पनि सम्पन्न भएको अध्यक्ष सापकोटाले बताए । अध्यक्ष सापकोटा र महासचिव ऋषिराम चापागाईँको हस्ताक्षर रहेको विज्ञप्तिमा  पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा ४ गते सम्मेलनको उदघाटन हुने र ५ र ६ गते बन्द सत्रको कार्यतालिका रहेको जानकारी दिइएको छ ।
राष्ट्रिय सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न २१ वटा उपसमितिहरु निर्माण गरिएको महासचिव चापागाईले बताए । उनका अनुसार उपसमितिहरुले आफ्नो काम धमाधम गरिरहेका छन् । संगठनले दिएको निर्देशन र जिम्मेवारी अनुसार सबै सदस्य र पदाधिकारीहरुले सक्रियतापूर्वक काम गरेको बताउँदै चापागाईले सम्मेलन भव्य रुपमा सफल हुने दावी गरे ।
सम्मेलनको मुख्य व्यवस्थापनको जिम्मा लिएका संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले सम्मेलन सफल पार्न काठमाडौं ललितपुर र भक्तपुरका पुरै जिल्ला कमिटि परिचालित भएको बताए । उनले कार्यक्रममा आउने दशेभरका प्रतिनिधि र पर्यवेक्षकहरुलाई प्रवेश शुल्क १५ सय लिने निर्णय गरिएको तथा अन्य सम्पूर्ण खर्च आफ्नै सिर्जनशीलतामा व्यहोर्ने निर्णय भएको बताए । उनले सम्मेलनमा संगठनको व्ययभार कम गर्न पनि त्यसो गरिएको बताए ।
अध्यक्ष सापकोटाले सम्मेलनमा आउने सहभागि र प्रतिनिधिहरुलाई काठमाडौंमा सहज व्यवस्थापन गर्न विहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्रै सम्मेलन चलाईने बताए ।
सम्मेलनमा देशभरका ७७ जिल्लाबाट ११ सय ६ जना प्रतिनिधिहरुले सहभागिता जनाईने बताइएको छ । महासचिव चापागाईले देशभर आफ्नो संगठनमा ५२ हजार संगठीत सदस्य रहेको बताए । उद्घाटन कार्यक्रमलाई प्रभावकारी बनाउन सबै संचार माध्यमहरुलाई सहयोगको लागि आग्रह गरिएको बताउँदै उनले एवीसि टेलिभिजनबाट कार्यक्रमको लाईभ प्रसारणको व्यवस्था मिलाइएको बताए ।

उद्घाटन कार्यक्रममा माओवादीको तर्फबाट विभिन्न समयमा शिक्षा मन्त्री बनेका नेताहरु, संगठनका पुर्व अध्यक्षहरु लगायतलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष सापकोटाले बताए । उनका अनुसार पुर्व शिक्षा मन्त्री अग्नी प्रसाद सापकोटा, दिनानाथ शर्मा, गिरीराजमणी पोखरेल र डि आर पौडेललाई सम्मान गरिनेछ । त्यसैगरी पुर्व अध्यक्षहरु हितराज पाण्डे, चन्द्रकान्त पौडेल, गुणराज लोहनी, रत्न बहादुर ओलीलाई सम्मान गरिनेछ । माओवादी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डको हातबाट उनीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिने बताइएको छ ।

Loading...

Related News

Over 22 million Pakistani children are out of school

Pakistan, 15 NOv More than 22 million children are still out of school in  Pakistan  A new report by Human…

शिक्षक नेताले दिए शिक्षा मन्त्रीलाई यस्ता सुझाव

काठमाडौं, २८ कात्तिक । शिक्षकहरुको माग पुरा गराउन सरकारले विभिन्न पहल र अभियानहरु सञ्चालन गरिरहेको छ । शिक्षकहरुले पनि विभिन्न…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी