अन्ततः एमाले र माओवादी हुने भए एक : प्रचण्ड अध्यक्ष, ओली प्रधानमन्त्री, यस्तो छ सहमति

142 Hits

काठमाडौं, २ फागुन ।
अन्ततः नेपालका दुई ठूला वामपंथी पार्टीहरु एक हुने भएका छन् । नेपालको इतिहासमा सबैभन्दा ठूलो ध्रविकरणको रुपमा रहेको यो प्रक्रियामा दुई मूख्य वाम पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आज भएको एकता संयोजन समितिको बैठकमा विचार, नेतृत्व, कार्यनीति र सत्ता सञ्चालनलगायतका विषयमा सहमति बनेपछि दुबै पार्टी एक हुने निश्चित भएको हो । बुधबार दिउँसो दुबै पार्टीले छुट्टाछुट्टै बैठक गरी पार्टी अध्यक्ष केपी ओली र प्रचण्डबीच भएको एकताको मोडालिटिलाई अनुमोदन गरेका थिए । जस अनुसार दुबै जना सहअध्यक्षको रुपमा रहने एकजनाले पार्टी र एक जनाले सत्ताको नेतृत्व गर्ने र आलोपालो गर्ने लगायतका सहमति भएको थियो ।

आज सम्पन्न संयोजन समितिको बैठकले दुबै पार्टीका बैठकले गरेका निर्णयहरु अनुमोदन गरी विचार र कार्यनितिबारे समेत ठोस गरेको छ । संयोजन समितिको बैठकमा प्रचण्ड कार्यकारी अधिकार सहितको पार्टी प्रमूख र एमाले अध्यक्ष ओली सेरेमोनियल अधिकार सहितको अध्यक्ष र प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

त्यसैगरी माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, समाजवादी क्रान्तिलाई कार्यदिशा बनाउने लगायतका विषय टुंगीएका छन् त्यसैगरी एकता महाधिवेशन गर्ने, २ अंकको केन्द्रीय समिति बनाउने र पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्रै राख्ने सहमति पनि भएको छ ।  नेताहरुको समेत व्यवस्थापनको कार्ययोजना बन्न नसकेको भन्दै सहमतिको ड्राफ्ट भने तयार नगरीएको बताइएको छ ।

 

Related News

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

माओवादी-एमाले एकतापछिको मार्गदर्शक सिद्धान्त ‘जनताको जनवाद’, अरु केके भए सहमति ?

काठमाडौं, २ जेठ । नेपालका मुख्य २ ठूला बामपंथी पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीच एकतापछिको एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त…

Comments are closed