बेल्जीयममा एनआरएनएले गर्यो नव आगन्तुक नेपालीको उपचारमा सहयोग

249 Hits

बेल्जीयम, २ फागुन
बेल्जीयममा पुगेर अलपत्र अवस्थामा विरामी परेका एक नेपालीलाई गैर आवासिय नेपाली संघ बेल्जीयमको सहयोगमा उपचार सम्भव भएको छ ।
बेल्जीयममा पुगेका कास्की जिल्लाका नव आगन्तुक नेपाली सुमन देवकोटाको उपचारमा एनआएन ले पुरै सहयोग गरेको अध्इष लोक दाहालले जानकारी गराएका छन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मूख रहेको उनले बताए ।

उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिन एन आएन अध्यक्ष दाहाल, प्रबक्ता दिपेन्द्र केसी र महासचिव आङमाया लामाले जारी गरेको प्रेस नोटमा हालैमात्र नेपालबाट बेल्जियम आईपुग्नु भएका श्री सुुमन देवकोटा (कास्की) को स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना गरिएको तथा उहाँको स्वास्थ्य वीमा नभएपनि उपचार गरिदिने व्यवस्था मिलाइएको जानकारी दिइएको छ ।

नोटमा भनिएको छ, अध्यक्ष लोक दाहालको नेतृत्वमा निरन्तर प्रयासरत रही स्थानीय चिकित्सकहरुको पहलमा ८ फेब्रुअरीमा अस्पतालमा भर्ना गरायएको थियो । अस्पतालका डा ग्रेत भान स्प्रीन्गल, वकील सोफीको सहयोगले देवकोटालाई बेल्जीयममा उपचार हुने अवस्था सिर्जना भएकोमा खुशी पनि प्रकट गरिएको छ । त्यसैगरी एनआएनको पहलमा देबकोटाको उपचारको क्रममा लाग्ने खर्च बेहोर्न नपर्ने र
आगामी ४० दिन सम्म विशेष उपचार गरिने पनि जानकारी गराइएको छ ।

त्यसैगरी दाहालले त्यसपछि हुने मूल्याँकन पश्चात थप उपचारको बारेमा बताउन सकिने मूलखबरलाई बताए । उनले यसरी युरोप र बेल्जीयमममा विभिन्न कायमको सिलसिलामा आउने नवआगन्तुकलाई पर्न सक्ने समस्या र गर्न सक्ने सहयोगको बारेमा एनआएनएले तत्पर रहेको बताए । नोटमा निज देबकोटाको स्वास्थ्य अवस्थाबारे परिवारसँग निरन्तर सम्पर्कमा रहेको भन्दै उनको स्वास्थ्य लाभको कामना गरिएको छ ।

 

Loading...

Related News

एनआएनएले पररास्ट्रमन्त्री ज्ञवालीलाई जुलाई २७ मा बेल्जीयममा सम्मान गर्ने

बेल्जीयम, ९ साउन । गैर आवासिय नेपाली संघ बेल्जीयमले पररास्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई बेल्जीयममा स्वागत तथा सम्मान गर्ने भएको छ ।…

नेपाल महोत्सवसहित यसरी मनाईँदैछ बेल्जीयममा नयाँ वर्ष २०७५

काठमाडौं, ३० चैत । यहि १४ अप्रिल २०१८ का दिन नेपाली नयाँवर्ष तथा नेपाल महोत्सव कार्यक्रम बेल्जियमको केन्द्र लुभेनमा सम्पन्न…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी