निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई सम्पूर्ण मतपरिणाम

आयो सम्पूर्ण मत परिणाम, एमाले पहिलो र कांग्रेस दोश्रो दल
137 Hits

काठमाडौं २ फागुन–
प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण परिणाम निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिनिवास शितलनिवासमा बुधबार साँझ भण्डारीलाई भेटेर बुझाएको हो । आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा बुधबार साँझ भेटगरी प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण मत परिणाम बुझाएका आयोगले जनाएको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली दलहरुले बुझाएलगत्तै आयोगले आजै सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेले ४१, काँग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले ६/६ सिट संख्या बाँडफाँड गरिएको थियो ।

सोही सिटमा सवैधानिक व्यवस्था अनुसार दलहरुले आ–आफ्नो अन्तिम सूचि पेश गरेलगत्तै आयोगले ती उम्मेदवारहरुलाई विजयी भएको घोषणा समेत गरेको थियो । निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गरेलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ ।
आजै राष्ट्रपति भण्डारीसमक्ष एमाले अध्यष के पी शर्मा ओलीले बहुमत सहितको प्रधानमन्त्रीमा दावी पेश गर्ने सम्भावना रहेको बताइएको थियो ।

Loading...

Related News

देशभरका माओवादी समर्थक शिक्षकहरु राजधानीमा, आज प्रचण्डले सम्मेलन उदघाटन गर्दै, यस्तो छ तयारी

काठमाडौं, ४ फागुन । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलन आज बाट काठमाडौंमा शुरु हुँदैछ । फागुन ४,…

माओवादी नेतृ तामाङ प्रदेश ३ को उपसभामुखमा निर्वाचित

हेटौँडा, २८ माघ । प्रदेश नं ३ प्रदेशसभा उपसभामुखमा नेकपा माओवादी केन्द्रकी नेतृ तथा नुवाकोटबाट निर्वाचित सांसद राधिका तामाङ निर्विरोध…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी