एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी

62 Hits

काठमाडौं, २ फागुन-

शिक्षामन्त्री गोपालमान श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय विपरित आज एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गर्नुभएको छ । पदबाट बाहिरिनै लागेका मन्त्री श्रेष्ठले सीटीईभिटी परिषद्को बैठक राखेर सम्बन्धन दिन लागेको स्रोतले बताएको छ । परिषदको बैठक दिउँसो १ बजे बस्ने सिटिईभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिनुभयो ।

मन्त्रीले अध्यक्षता गर्ने बैठकमा सहभागि हुन सदस्यहरुलाई बाँडिएको पत्रमा भने सम्बन्धनको एजेण्डा उल्लेख गरिएको छैन । यद्यपी विविध शीर्षक अन्तर्गत छलफल गरेर सम्बन्धन दिने तयारी भएको परिषद् स्रोतले बतायो । यसअघि मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको आचारसंहिता लागेकौ बेला आर्थिक चलखेल गरेर २५ कलेजलाई ३४ वटा कार्यक्रमको सम्बन्धन दिनुभएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी