वा…! वा….!

267 Hits

भ्यालेन्टाइन विशेष…
*******************
सहकार्यको कुरा उठदा
श्रम विभाजनको कुरा चल्दा
पुरुष प्रधान समाजको
दुहाई दिदै
कथित मर्द कहलिएका
नामर्दहरु ।

बच्चाको हात समातेर
हिड्दै गर्दा
एक्कासी नाकमा सिङान देखि
जा… गै हाल..
आमासँग गएर
सिङान फालेर आइज भन्ने
पाखन्डीहरु ।

मासिक श्रावको बेला
पेट दु:खेर छटपटिदा
पुलुक्क हेर्दै
आज मिटिङ छ
खाना नपकाउनु है, भनेर
बाटो तताउने
छद्मभेषिहरु ।

शारीरिक रुपमा अस्वस्थ्य रहि
तातोपानीको आशामा
रात छिप्पिदै गर्दा
मध्यरातमा लर्खराउदै
ह्वास्स कुन्नी के को गन्ध
जबरजस्ती प्यास मेटाएर
मुर्दा जस्तै पल्टिने
यौन पिपासुहरु ।

आज विहानै
मुहार पुस्तिका मार्फत
कुखुरालाई कनिका छरे झैं
पिरतीको आगनमा
केही अक्षरहरु छर्दै
जिम्मेवारी बोधको नाटक
Happy Valentine Day
मेरी प्रिया !
love you darling….
वा…! वा….!

मोवाइलमा
म्यासेजको नोटिफिकेसन
सम्बोधन थियो.. मामु…!
खोइ किन हो कुन्नी ?
त्यति नै बेला मेरा आँखाबाट
आँसु तप्लक्क खसे
हर्षका थिए वा बिस्मातका
भित्तामा छरिएका कनिकाहरु
एक टकले हेर्दै थिए
आँसुको थोपाले स्क्रीन ढाक्छ
अक्षरहरु धुमिल हुन्छन
स्तब्ध मन ।

-खेम आचार्य
(हाल गैडाकोट)

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी