बेलायत सरकारद्धारा आतंकवादलाई रोक्न सफ्टवेयर निर्माण

263 Hits

बीबीसी, लन्डन — बेलायत सरकारले इस्लामिक स्टेट (आईएस) लगायतका चरमपन्थीका अनलाइन दुष्प्रचार पहिचान गरी रोक्ने सफ्टवेयर निर्माण गरेको जनाएको छ । बेलायती गृहमन्त्री अम्बेर रुढले कानुनअनुसार सूचना प्रविधिसम्बन्धी कम्पनीहरूले उक्त सफ्टवेयरको प्रयोग गर्नुपर्ने संकेत गरिन् ।

रुढ यसैसाता सूचना प्रविधिसम्बन्धी कम्पनीहरूसँग यसबारे छलफल गर्न अमेरिका पुगेकी छन् । साथै भ्रमणका क्रममा आतंकवादलाई रोक्नका लागि आवश्यक अन्य कदमबारे पनि कुराकानी हुने बीबीसीले जनाएको छ ।

उक्त सफ्टवेयरमा इस्लामिक स्टेटले सामाजिक सञ्जालमा पोस्ट गरेका हजारौं घण्टा लामा दृश्यहरू पहिचान गरेको जनाइएको छ । बेलायत सरकारले उक्त सफ्टवेयर निर्माणका लागि एक बेलायती ‘आर्टिफिसियल इन्टेलिजेन्स’ कम्पनीलाई सार्वजनिक कोषबाट ६ लाख पाउन्ड रकम उपलब्ध
गराएको थियो । सफ्टवेयर ‘एएसआई डाटा साइन्स’ कम्पनीले निर्माण गरेको हो । कम्पनीका अनुसार उक्त सफ्टवेयरले ९४ प्रतिशत इस्लामिक स्टेटका अनलाइन क्रियाकलापहरू पत्ता लगाउन सक्षम भएको जनाएको छ । साथै कम्पनीले त्यस्ता तथ्यांकहरू ९९ दशमलब ९९५ प्रतिशत सही भएको दाबी गरेको छ । एएसआई डाटा साइन्सका अनुसार सफ्टवेयरले इस्लामिक स्टेटका सशक्त सामग्रीलाई पहिचान गरी मानवीय निर्णयका लागि सूचित गर्नेगर्छ ।
तर यथेष्ट साधनस्रोतको अभाव भएका साना कम्पनीका लागि यो प्रविधि अपनाउँदा आर्थिक भार थप हुने भन्दै आलोचना हुने गरेको छ । यस प्रकारको प्रविधिको विगतमा पनि निकै आलोचना भएको थियो । आलोचकहरूले यसलाई ‘खुला इन्टरनेट’ को अवधारणाको विरुद्ध भएको बताउँदै आएका छन् । उनीहरूले यस्ता प्रयासहरूले कतिपय अन्य विषयवस्तुमाथि पनि रोक लाग्न सक्ने बताएका छन् । मंगलबार लन्डनमा संवाददाताहरूलाई यस सफ्टवेयरले कसरी कार्य गर्छ भन्नेबारे विस्तृत विवरणहरू दिइए पनि यथार्थ विधि सार्वजनिक नगर्न अनुरोध गरिएका छ । सामान्यत: यस सफ्टवेयर इस्लामिक स्टेट र यसका अनलाइन क्रियाकलापका विशेषता पहिचान गरी अलग गर्ने सक्ने बनाइएको छ ।
सिलिकन भ्यालीमा बीबीसीसँग बोल्दै गृहमन्त्री रुढले सरकारले चरमपन्थी गतिविधिलाई रोक लगाउने निर्णयको पछिल्लो कदमका रूपमा सफ्टवेयर निर्माण गरिएको बताइन् । ‘हामी आवश्यक परेमा विधायिकामार्फत यस्ता सफ्टवेयरको प्रयोगसम्बन्धी कानुन निर्माण गर्न पनि पछि पर्दैनौं,’ रूढले भनिन् ।
सिलिकन भ्यालीस्थित विश्वकै ठूला कम्पनीहरू फेसबुक र गुगलले अनलाइनमा सार्वजनिक यस प्रकारका विषयवस्तुहरू छनोट गर्न आफ्नो साधनस्रोतको परिचालन गर्दै आएका कारण सुरुमा साना कम्पनीले बेलायतले निर्माण गरेको सफ्टवेयर प्रयोग गर्ने आशय रुढले व्यक्तगरेकी छन् ।
अमेरिका तथा बेलायत सरकार र फेसबुक, गुगल, ट्वीटरलगायतका विश्वका प्रमुख इन्टरनेट कम्पनीहरूले गतवर्ष आतंकवादविरुद्धको विश्वव्यापी इन्टरनेट मञ्चको स्थापना गरेका थिए । यद्यपि चरमपन्थीहरूले आगामी दिनहरूमा आफ्नो स्वार्थपूर्तिका लािग इन्टरनेटको कुन पक्षलाई बढी प्रयोग गर्छन् भन्ने कुराको अनुमान लगाउन भने निकै गाह्रो पर्ने देखिन्छ ।
सन् २०१७ को जुलाई देखि डिसेम्बरसम्म चरमपन्थी समूहहरूले १५० भन्दा बढी वेबसाइट तथा एप्लिकेसनको प्रयोग गरेको बेलायत सरकारको अनुमान छ । जुन विगतका तुलनामा निकै बढी हो ।

Loading...

Related News

Over 22 million Pakistani children are out of school

Pakistan, 15 NOv More than 22 million children are still out of school in  Pakistan  A new report by Human…

नाइजेरियामा बोको हरामको आक्रमण, १६ किसान मारिए, दर्जनौँ बेपत्ता

एजेन्सी कानो, २८ कात्तिक नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा बोको हराम समूहले गरेको आक्रमणमा परी कम्तीमा १६ किसानको मृत्यु भएको जनाइएको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी