ओमन बेच्न लाने तयारी गरिरहेको अबस्थामा ९ महिलाको एनआरएन युएईको पहलमा उद्धार

114 Hits

युएइ, २ फागुन ।

अवैधानिक बाटो हुँदै युएई आएर अलपत्र परेका नेपाली महिलाहरुलाई एनआरएन युएईको पहलमा उद्दार गरी नेपाल पठाइएको छ ।

उद्दार गरिएका आठ जना महिलाहरुमा नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बु र रिता सुनारलाई आवश्यक प्रक्रिया पूरा गरी दलाललाई फिर्ति टिकट बनाउन लगाएर विभिन्न चरणमा नेपाल पठाइएको एनआरएन युएईका उपाध्यक्ष बालकृष्ण मरासिनीले बताए ।

नेपाल र भारतको बाटो हुँदै युएईको शारजाह विमानस्थल आएका उनीहरुलाई युएईमा रहेको एजेन्ट सुजन भण्डारीले आफ्नो कोठामा लगेर राखेका थिए । उनीहरुलाई सम्पर्कबाट बञ्चित गरेर राखेको पिडितहरुले बताएका थिए ।

एजेन्ट भण्डारीकी श्रीमती शान्तिमाया राई (एलिसा) र विरु पौडेलको सहयोगमा उनीहरुलाई कोठामा बन्द गरेर राखेको थिए । दलालहरुले मोबाइल र पासपोर्ट खोसेर विभिन्न धम्की र यातना दिँदै आएको पीडितले बताए । ती महिलाहरुलाई ओमन बेच्न लाने तयारी गरिरहेको अबस्थामा उनीहरुले लुकाएको मोबाइलको सहायताले एनआरएन युएईका तल्कालिन दुबई क्षेत्रीय सचिव प्रकाश सुनारको सम्पर्कमा पुगेका थिए ।

दलाल सुजन र अलिसा रार्इ
एनआरएन युएईको विषेश पहलमा युएईको स्थानिय सिआइडिलाई खबर गरी उनीहरुको साथमा एनआरएन युएईका उपाध्यक्ष बालकृष्ण मरासिनी, आइसिसि सदस्य मनोज श्रेष्ठ, दुबई क्षेत्रिय अध्यक्ष मदन अधिकारी, दुबई क्षेत्रिय सचिव प्रकाश सुनार, एभरेष्ट मार्सल आर्ट एण्ड स्पोर्टस् युएईका अध्यक्ष रवि शाही सहितको टोली अजमान पुगेर उनीहरु बसेको कोठमा छापा मारी उद्दार गरेको थियो ।

उद्दार गरिएका उनीहरुको साथमा दलालहरुलाई पनि सिआइडिले पक्रेर हिरासतमा लिएको थियो । तत्पश्चात उनीहरु एनआरएन युएईको पहलमा नेपाली दुतावासको महिला अश्रयमा पुगेर बसेका थिए । उनीहरु मध्य ८ जान लाई पटक पटक गरी प्रक्रिया पुरा गरेर नेपाल पठाइएको थियो ।

दलाल एउटै तर, कथा फरक गिता राई
अवैधानिक बाटो हुँदै युएई ल्याएर ओमन, कुवेत, लेबनान जस्ता देशहरुमा पठाउने महिलाहरुको विक्री गर्ने प्रक्रियामा नेपालीहरुनै भेटिन्छन । दलालहरुले महिलाहरुलाई विभिन्न प्रलोभनमा ल्याउने र युएई ल्याइसकेपछि डर धम्कीको भरमा उनीहरुलाई जस्तोसुकै काम गर्न बाध्य पार्ने गर्ने गरेका छन ।

भोजपुर जिल्ला घर भएकी गिता राई मात्र एक प्रतिनिधि पत्र होइनन् । नेपालबाट ३५ हजार नेपाली रुपैया तिरेर दलाल प्रविण राई मार्फत एअरपोर्ट सेटिङ्ग गरी युएई आएकी उनीलाई युएईकी दालाल शान्तिमाया राइ९एलिसा०ले कोठामा लगेर राखेकी थिइन ।

उनलाई एलिसाले अरबीहरुको घरमा काममा पठाउने र दुइ महिना समम काम गरेको तलब नदिने गरेको थिइन । उनलाई उज्जेकिस्तान पठाउन लागेको थाहा पाए पछि उनी त्यहाँबाट भागेर साथीहरुको सहयोगमा नेपाली राजदुतावास पुगेकी थिइन । दुतावासको आश्रय स्थलमा करिब ५ महिना बसेर उनी गत ८ फेब्रुअरी २०१८ मा नेपाल फर्किइन । उनलाई नेपाल फिर्तीको लागि टिकट एनआरएन युएईले उपलब्घ गराएको थियो ।- नयाँ पत्रिका

Loading...

Related News

पढाैं असाेज ३ का मुख्य समाचारहरू

काठमाडौं, ३ असाेज – आज २०७५ असाेज ३ गते, १९ सेप्टेम्बर २०१८ । अाज  संबिधान दिवस । नेपाली जनताका प्रतिनिधिहरूले…

के के छन् अाजका मुख्य समाचारहरू ? लाै पढाैं

काठमाडाैं, २ असाेज – अाज २०७५ असाेज २ गते मङ्गलबार, तद्नुसार १८ सेप्टेम्बर २०१८ । अाज प्रधानमन्त्री केपी अाेलीले बलत्कार…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी