यी हुन् विप्लव माओवादी छाडी माओवादी केन्द्रमा प्रवेश गर्ने १ सय युवाहरु

127 Hits

काठमाडौं, १ फागुन ।
एकातिर नेकपा माओवादी केन्द्र शंसोधनवाद र संसदवादमा गयो भनेर क्रान्तिको कुरा गर्ने नेत्र विक्रम चन्द विप्लवको अभियान जारी छ भने उनैको नेतृत्वमा रहेका सयों युवाहरु भने विप्लवले क्रान्तिको झुटो सपना देखाएको भन्दे नेकपा माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् ।

जनयुद्धको २३ औं वार्षिकोतसवका अवसरमा विप्लव माओवादी परित्याग गरी संगठीत दुई सय युवाहरु माओवादी केन्द्रमा समाहित भएको घोषणा गरे । वाइसिएलद्धारा माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा विप्लव माओवादीका केन्दीय नेता सल्यान घर भएका तिलक मल्ल क्षितीजसहित दुई सय भन्दा वढि युवाहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गरे ।
कार्यक्रममा सम्बोधन गर्दै नेता मल्लले विप्लवले झटो क्रान्तिको कुरा र आश्वासन देखाएकोले सच्चा क्रान्ति र समाजवादी क्रान्ति प्रचण्डको नेतृत्वमा मात्रै सम्भव भएको भन्दै आफूहरुले विप्लवलाई छाडेको स्पष्ट पारेका थिए । नवप्रवेशीहरुलाई स्वागत गर्दे प्रचण्डले विप्लवलाई समेत एकताको लागि आव्हान गरेका थिए ।
पार्टी परित्याग गर्ने नेताहरुको नामावली यस प्रकार छ ।

Related News

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

माओवादी-एमाले एकतापछिको मार्गदर्शक सिद्धान्त ‘जनताको जनवाद’, अरु केके भए सहमति ?

काठमाडौं, २ जेठ । नेपालका मुख्य २ ठूला बामपंथी पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीच एकतापछिको एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त…

Comments are closed