सकियो माओवादी र एमाले अध्यक्षको एकता वार्ता, यस्तो भयो सहमति

203 Hits

काठमाडौं, १ फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड\ले फागुन १ गते नै एकता प्रक्रिया टुंग्याउने उद्घोष गरेपछि शुरु भएको एकता वार्ता सकारात्मक दिशामा अगाढि वढेको छ ।
माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष के पी ओलीबीच ललितपुरको एक घरमा मंगलबार साँझ भएको भएको वार्तामा भोल िपार्टी एकता संयोजन समितिको बैठक बोलाएर उकता प्रक्रियालार्य निश्कर्षमा पुर्याउने सहमति भएको छ ।
पार्टी एकताका लागि निर्णायक भनिएको वार्ताले नेतृत्व सम्वन्धिका विषयमा ठास सहमति बनाएको बताइएको छ ।

दुई नेताबीचको वार्ताले भोलि (बुधबार) दिउँसो २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको प्रचण्डको सचिवालयले जनाएको छ । मुख्य विषयमा सहमति जुटाएर आजै पार्टी एकता टुंग्याउने तयारी भएको भएपनि त्यो हुन सकेन । आजै दुई अध्यक्षबीच सहमति भए एकता संयोजन समितिको बैठक बस्ने तयारी थियो ।

पार्टी एकता संयोजन समितिमा एमालेबाट ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, र्इश्वर पोखरेल र माओवादी केन्द्रबाट प्रचण्ड, रामबहादर थापा ‘बादल’, नारायणकाजी श्रेष्ठ रहेका छन् ।
एकता संयोजन समितिको भोलीको बैठकमा नेतृत्व, विचार र पदाधिकारीसहितको पार्टी संगठनको बारेमा ठोस निर्णय गरी पत्रकार सम्मेलनमार्फत एकताको सार्वजनीक गरिने बताइएको छ । त्यसैगरी भोलीको बैठकमा सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम तथा मन्त्रालयबारे समेत टुंगो लगाउने सम्भावना रहेको छ । सबै विषयहरुमा सहमति बन्यो भने भोली नै पत्रकार सम्मेलन गर्ने एक नेताले बताए । अन्यथा सरकार निर्माण अगाडि नै एकता टुंग्याउने गरी अगाडि वढिने उनले बताए ।

Loading...

Related News

पार्टी एकता नभएसम्म माओवादी सरकारमा सामेल नहुने, के होला एकता ?

काठमाडौं, ४ फागुन । एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने…

ओलीलाई प्रधानमन्त्री बनाउन बाम गठबन्धनले गर्यो दावी पेश

काठमाडौं, ३ फागुन । बाम गठबन्धनले एमाले अध्यक्ष तथा काम गठबन्धनका नेता के पी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेबी…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी