बेलायती रक्षामन्त्रीले भेटे प्रचण्ड, गोर्खा सैनिकका समस्याबारे प्रचण्डको चासो

109 Hits

काठमााडौं, १ फागुन

बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

अध्यक्ष निवास खुमलटारमा मंगलबार बिहान भएको भेटका अवसरमा अध्यक्ष प्रचण्डले बेलायती सेनामा रहेका गोर्खा सैनिकका समस्याबारे छलफल गरेका थिए । प्रचण्डको सचिवालयले भन्यो ‘भेटका अवसरमा अध्यक्ष प्रचण्डले बेलायती सेनामा रहेका गोर्खा सैनिकहरुको समस्याका बारेमा समेत जिज्ञासा राख्नुभएको थियो । रक्षामन्त्री मार्कले बेलायती सेनामा रहेका नेपाली सेनाहरुको समस्याका बारेमा बेलायत सरकार गम्भीर रहेको बताउनुभयो ।’

भेटमा प्रचण्डसँग रक्षामन्त्री मार्कलेले निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा जिज्ञासा राखेका थिए ।
रक्षामन्त्री मार्कका जिज्ञासबारे प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा ९एमाले०सँगको एकताको प्रक्रिया अघि बढाइएको जानकारी दिएका थिए । पार्टी एकताका लागि एकता संयोजन समिति गठन भएर एकता प्रक्रिया अघि बढेको र यो एकताले स्थायित्व, स्थिरता र नेपालको समग्र विकासमा ठूलो भूमिका खेल्ने प्रचण्डको भनाई थियो । ।

रक्षामन्त्री मार्कले नेपालको संविधानले राज्यसंयन्त्रमा महिलाहरुको प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यसको कार्यान्वयनको पक्षका बारेमा समेत अध्यक्षसँग जिज्ञासा राखेका थिए ।
अध्यक्ष प्रचण्डले नेपालको संविधानले व्यवस्था गरे अनुरुप थानीय तह, प्रदेश र संघको निर्वाचनपछि सबै राजनीतिक तहमा ३३ प्रतिशत महिलाहरुको सहभागिता सुनिश्चित भएको समेत स्पष्ट पारेका थिए ।

स्थायित्व र राजनीतिक स्थिरता भए सुशासनको प्रत्याभूति हुने बताउँदै अध्यक्ष प्रचण्डले बेलायती सरकारले नेपालको शान्ति प्रक्रिया, सुशासन र विकासका क्षेत्रमा बेलायतले नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै बेलायती जनतालाई समेत धन्यवाद व्यक्त गरेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी