प्रदेश ३ को शिक्षक अध्यक्ष र महासचिवमा तामाङ र पोखरेल निर्वाचित

128 Hits

काठमाडौं ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) प्रदेश नम्बर ३ को अध्यक्षमा काभ्रेका दुर्गासिंह तामाङ निर्वाचित भएका छन् ।
काठमाडौंमा भएको संगठनको प्रदेशस्तरीय पहिलो सम्मेलनले तामाङको अध्यक्षमा ६१ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।

सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा शंकर अधिकारी(धादिङ), महिला उपाध्यक्षमा गोमा बजगाई (ललितपुर) निर्वाचित हुनुभएको छ । त्यस्तै, उपाध्यक्षहरुमा मोहन गौतम(सिन्धुली), कृष्ण घिमिरे(सिन्धुपाल्चोक) र रमेश दर्जी(काभ्रे) निर्वाचित हुनुभएको संगठनले जनाएको छ ।
यसैगरी सम्मेलनले ३ नम्बर प्रदेश कमीटीको महासचिवमा भिमप्रसाद पोखरेल (काठमाडौं)लाई निर्वाचित गरेको छ ।

त्यस्तै, अर्थ–उपमहासचिवमा गुरु पौडेल(चितवन) र उपमहासचिवमा शम्भु लामा(मकवानपुर) निर्वाचित हुनुभएको छ । संगठनले चारजना सचिवहरु समेत निर्वार्चित गरेको छ । जसमा नारायण देवकोटा(रसुवा), तारानिधि दाहाल(भक्तपुर), निमा लामा(रामेछाप) र गणेश लामिछाने(नुवाकोट) रहेका छन् ।

सम्मेलनले काठमाडौं रत्नराज्य माविका जीवनप्रकाश रेग्मकिो अध्यक्षतामा सल्लाहाकार समिति समेत निर्वाचित गरेको संगठनले जनाएको छ । निर्वाचित भएसँगै नवनिर्वाचित अध्यक्ष तामाङले शिक्षकहरुको अधिकार र शैक्षिक रुपान्तरणका पक्षमा निरन्तर काम गरिरहने प्रतिवद्धता व्यक्त गरे ।  नवनिर्वाचित महासचिव पोखरेलले शिक्षक वर्ग र नेपालको शैक्षिक विकास र समृद्धिको पक्षमा देखिनेगरी काम गर्ने बताए ।

Loading...

Related News

त्रिविका उपकूलपति, रेक्टर र रजिस्ट्रारलाई २ महिनाभित्र बर्खास्त गरिने !

काठमाडौं, ११ साउन । त्रिभुवन विश्वविद्यालयका उपकूलपतिसहितका पदाधिकारीलाई २ महिनाभित्र बर्खास्त गरिने भएको छ । चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न…

विधयेक माथेमा कार्यदलमै आधारित छ, पहिले डा. केसीको उपचार चाहन्छु : मन्त्री पोखरेल

काठमाडौं, ३ साउन । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले संसदमा पेश भएको विधयेक माथेमा कार्यदलकै मर्म र भावना समेटेर आएको दावी गरेका…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी