मजदूर नेता जमरकट्टेल बने प्रदेश ३ को शक्तिशाली मन्त्री

144 Hits

काठमाडौं, २९ माघ ।
माओवादी आन्दोलनमा मजदूर नेताको रुपमा लामो समय क्रियाशील युवा नेता शालिकराम जमरकट्टेल प्रदेश ३ को शक्तिशाली मन्त्री बनेका छन् । गत मंसीरमा सम्पन्न निर्वाचनमा धादिङ्गबाट प्रदेश सभाको लागि विजयी साँसद जमरकट्टेल माओवादी केन्द्रको प्रदेश संसदीय दलको नेता बनेपश्चात प्रदेश ३ को स्थानिय मामिला तथा कानुन मन्त्रालयको कार्यभार सम्हाल्ने पहिलो मन्त्री बनेका छन् ।
एमाले नेता डोरमणि पौडेलले मुख्यमन्त्रीको सपथ ग्रहण गरेलगत्तै मन्त्रीमण्ड बिस्तार सुरु भएको हो । एमालेबाट केशव स्थापित र माओवादी केन्द्रबाट शालिकराम जमरकट्टेल सोमबार नै प्रदेश मन्त्रीको रुपमा सपथ लिएका हुन्। प्रदेश ३ मा नेपालमै पहिलोपटक प्रादेशीक सरकार गठन भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी लिएका शालिकराम जमरकट्टेल लामो समय जनयुद्धमा सहभागि भएका नेता हुन् । उनी केही समय अघिसम्म माओवादीको भातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष रहेका थिए । पटक पटक जेल हिरासत र संघर्षको प्रक्रियाबाट खारिएका मजदूर नेता जमरकट्टेल क्रान्तिकारी मन्त्री बनेपछि सिंगै मजदूर समुदायमा खुशी र हर्षेल्लास छाएको छ ।

Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी