प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ नियुक्त

248 Hits

पोखरा ।

प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् ।

आइतबार मात्र दलको नेता चुनिएका गुरुङलाई प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ६० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रसमेतको समर्थनमा गुरुङ मुख्यमन्त्री बनेका हुन् । गुरुङले पर्सि मुख्यमन्त्रीको सपथ लिने बताइएको छ ।

नेकपा एमालेले संसदीय दलको नेताको लागि पार्टीभित्र निर्वाचनमार्फत टुङ्गयाउने निर्णय गरेको थियो । तर संसदिय दलको नेताको लागि उनको मात्रै उमेदवारी परेकोले उनी मुख्य मन्त्री बन्ने निश्चित भएको हो ।

संसदिय दलको नेताको लागि केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ्ग र एमाले प्रदेश प्रमूख किरण गुरुङ्गबीच संसदीय दलको नेता र मुख्यमन्त्रीको लागि प्रतिस्पर्धा रहेको चर्चा चलिरहँदा किरण गुरुङ्गले उम्मेदवारी नदिएपछि पृथ्वी सुब्बा गुरुङ्ग संसदिय दलको नेता बनेका हुन् ।

 

Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी