प्रकाश दाहालको स्मृतिमा राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचण्डद्वारा उदघाटन

199 Hits

भरतपुर,

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दिवंगत प्रकाश दाहालको स्मृतिमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मुवाँथाई तथा बृहत तेक्वान्दो प्रतियोगिताको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको विकास र प्रतियोगिताहरुबाट संघीयतालाई सही अर्थमा स्थापित गर्न र स्वस्थ नागरिक निर्माणमा ठूलो योगदान पुगेको बताउनु भयो । “हामीले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकूद हुनुपर्छ भनेर पदमा रहँदा र नरहँदा पनि सक्दो भूमिका निर्वाह गरेका छौं ।” अध्यक्षले भन्नुभयो, “अहिले संघीयतामा देश गएको बेला प्रदेशस्तरमा समेत प्रतियोगिता हुनु सुखद कुरा भएको छ । यसले संघीयता बलियो बनाउन सहयोग पुर्याउँछ ।

प्रकाश दाहालको नाम उच्चारण गर्नुहुँदा भावुक बन्नुभएका अध्यक्ष प्रचण्डले चितवन जिल्लाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता गर्न सक्षम रहेको सन्देश दिएको समेत बताउनु भयो । “यसबाट खेल क्षेत्रमात्रै नभएर चितवनको पहिचान र आर्थिक समुन्नतीमा समेत ठूलो योगदान पुगेको छ ।” अध्यक्षले भन्नुभयो ।

चितवनमा हिजोदेखि प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फूटबल प्रतियोगिता सञ्चालन भएको छ । अध्यक्ष प्रचण्डले केही दिनपछि फुटबल प्रतियोगिताको समेत उदघाटन गर्न गइरहेको बताउनुभयो । “चितवन खेल प्रतियोगिता आयोजना गर्ने जिल्लाको रुपमा विकास हुँदा खुशी लागेको छ । यसलाई निरन्तरता दिनु जरुरी छ ।” वहाँको भनाई थियो ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुवाँथाई प्रतियोगिता देश र विदेशमा समेत लोकप्रिय हुँदै गइरहेको तथ्यलाई मध्यनजर गरेर यसअघि समेत प्रतियोगिताको उदघाटन गरेको बताउनुभयो । दोश्रोपटक प्रधानमन्त्री भएको बेला अध्यक्ष प्रचण्डले तेश्रो मुवाँथाई प्रतियोगिताको उदघाटन गर्नुभएको थियो ।
प्रतियोगितास्थललाई शहीद मञ्चको रुपमा विकास गर्न आफूले विगतमा पहल गरेको अध्यक्षले बताउनुभयो । भविष्यमा समेत खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट उल्लेख्य पहल गर्ने वहाँको भनाई थियो ।

Loading...

Related News

१८ वर्षमै सन्दीपले पाएको यो सफलता : पाकिस्तान सुपर लिगमा छनौट, ५० हजार डलर मूल्य

काठमाडौं, ५ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने १८ वर्षको उमेरै सबैभन्दा महंगो नेपाली खेलाडि बन्न…

तेक्वान्दो संघलाई राखेपको सात दिने चेतावनी

काठमाडौँ, २८ कात्तिक / राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी