लाखौँ रुपैयाँ ठगी गर्ने सहकारी अध्यक्ष पक्राउ

78 Hits

काठमाडौँ, २८ माघ ।
सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

कालीमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार क्षेत्रीले २०० भन्दा बढी व्यक्तिको रु एक करोड १९ लाख ठगी गरेको भन्दै श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी परेको जानकारी दिनुभयो ।

सोभन्दा धेरै रकम उनले ठगी गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उहाँले बताउनुभयो । साइरीयस सहकारी संस्थाका अध्यक्ष र साइरीयस कलेजका पूर्वअध्यक्ष रहेका श्रेष्ठले कलंकी, रामकोटलगायतका क्षेत्रका बासिन्दाको रकम ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।

नायब उपरीक्षक क्षेत्रीले भन्नुभयो, “सहकारीमा शेयर रकम र दैनिक बचत रकम भन्दै उठाएको रकम उनले आफुखुशी खर्च गरेको देखिएको छ । यसबारे अनुसन्धान भइरहेको छ ।” आफन्तलाई नै सञ्चालक राखेर उनले सहकारी स्थापना गरेका थिए । (रासस)

Related News

गृहकाे अर्काे एक्सन : समातिए सुन तस्कर गाेरे

काठमाडौं । एक पछि अर्काे सफलता हासिल गर्दै अाइरहेकाे गृह मन्त्रालयले फेरी अर्काे सफलता हात पारेकाे छ । लामो समयदेखी नेपालमा…

जनयुद्धका दमनकारी एसएसपी बढुवाकाे प्रारम्भिक सूचीमा, काे काे परे ?

काठमाडाैं- माअाेवादी अास्था राखेकाे अाराेपमा सर्वसाधारणलाई पक्राउ गरि अमानविय यातना दिने तथा हत्या सम्म गर्न भुमीका खेल्ने प्रहरी एसएसपीहरूलाई बढुवाकाे…

Comments are closed