माओवादी नेतृ तामाङ प्रदेश ३ को उपसभामुखमा निर्वाचित

160 Hits

हेटौँडा, २८ माघ ।
प्रदेश नं ३ प्रदेशसभा उपसभामुखमा नेकपा माओवादी केन्द्रकी नेतृ तथा नुवाकोटबाट निर्वाचित सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छीन् ।
उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङको एक मात्र उम्मेदवारी दर्ता भएसँगै उनी उपसभामुख बनेकी हुन् ।

उपसभामुख पदको प्रस्तावकमा नेकपा ९एमाले० संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता कुमारी मोक्तानले समर्थन गरेकी थिइन् ।

नुवाकोट १ (क)बाट प्रदेशसभामा निर्वाचित ३४ वर्षीय तामाङ शिवपुरी गाउँपालिका–३ की हुन् ।

यसैबीच आज अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकपूर्व निर्विरोध निर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई संसद् सचिवालयमा शपथ गराइने प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले बताए ।
पार्टीका केन्द्रीय सदस्य एवं पूर्व कृषि राज्यमन्त्री तामाङ सशस्त्र युद्धकालका बेला नुवाकोट जनसरकार प्रमुख थिइन् । प्रदेश नं ३, प्रदेशसभामा कूल ११० सदस्यरहेका छन् ।

Loading...

Related News

देशभरका माओवादी समर्थक शिक्षकहरु राजधानीमा, आज प्रचण्डले सम्मेलन उदघाटन गर्दै, यस्तो छ तयारी

काठमाडौं, ४ फागुन । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलन आज बाट काठमाडौंमा शुरु हुँदैछ । फागुन ४,…

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई सम्पूर्ण मतपरिणाम

काठमाडौं २ फागुन– प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण परिणाम निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी