‘प्रचण्डको विचार र प्रवृति नबुझ्नेले दुख पाउँछन्’- दिपेश पुन

254 Hits

काठमाडौं, २६ माघ ।
अखिल (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनले प्रचण्डको विचार र भावना नबुझ्नेहरु पार्टी भित्र वा वाहिर जताका भएपनि दुःख पाउने बताएका छन् ।
अखिल (क्रान्तिकारी) नेसनल ईन्जिनिरिङ कलेजको आठौं ईकाई सम्मेलनको उद्वाघाटन गर्दै उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र समेत रहेका दिपेशले प्रचण्ड एक व्यक्ति मात्र नभएर विचार,आन्दोलन र प्रवृति भएकोले प्रचण्ड जे सोच्छन् र जे गर्छन् त्यही नै नेपालको पछिल्लो राजनीतिको मुख्य एजेण्डा बन्दै आएको बताए । पुनले वाम एकता पनि प्रचण्डको विचार र प्रवृतिका कारण संभव हुने वताए।


उनले पछिल्लो चरणमा एमालेका केही नेताहरुले प्रचण्डलाई वाम पार्टी एकता पछि एकिकृत अध्यक्ष स्विकार्न सकिदैन भन्ने अभिव्यक्ति दिएकोप्रति संकेत भने ुप्रचण्डलाई नबुझ्नेहरु हिजो पार्टी भित्रका हुन् या बाहिरका धेरैले दुख पाएका छन् । उनले अब पनि प्रचण्डलाई बुझ्न र चिन्ने नसक्नेहरुले धेरै दुख पाउने पुनले चेतावनी दिए ।
देशको पछिल्लो राजनीति चर्चा गर्दै पुनले गणतन्त्र प्राप्ति पछि देशमा व्यवस्था फेरिएपनि जनताको अवस्था फेरिन नसकेको प्रति दुख व्यत्तः गरे । र त्यसको लागि वलियो राष्ट्रिय एकता, स्थिर सरकार, तिव्र आर्थिक र शुसासन देशले खोजेको र त्यसैको लागि वाम एकता हुन लागेको पुनले बताए ।
पुनले भने हाम्रै संगठनको पहल र दवावले संविधानमा शिक्षा,स्वास्थ्य र रोजगारलाई मौलिक हक भनेर लेखाउन सफल भयौं,तर त्यसलाई कार्यान्वयन गर्न अब फेरि संघर्ष गर्नुपर्ने भएको छ।’
राजनीतिक क्षेत्रमा परिवर्तन आएपनि शिक्षा क्षेत्रमा परिवर्तन अझै नआएको भन्दै उनले अब संविधानमा मौलिक हकको रुपमा उल्लेख भएको शिक्षाको व्यवहारिक कार्यान्वयनको जरुरी भएको बताए । जसकालागि सवै युवा विद्दार्थीहरु जागरुक र सचेत हुनुपर्ने उनको जिकिर छ ।

Related News

विद्यार्थी नेता दिपेश पुनले गरे दिलबहादुरलाई बचाउन अभियानको नेतृत्व, को हुन् दिलबहादुर ?

काठमाडौं, २६ बैसाख । पटक पटक सामाजिक सेवामा लागेर चर्चित बनेका उपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दिपेश पुनले अर्को एउटा यस्तै…

उपराष्ट्रपति पुत्र दिपेश पुनले भने- ‘अबैध बालुवाखानीहरु बन्द गर’

काठमाडौं, १९ चैत । उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा तथा युवा विद्यार्थीका लोकप्रीय नेता दिपेश पुनले अबैध वालुवाखानीहरु तत्काल बन्द…

Comments are closed