समानुपातिकको अन्तिम नतिजा सार्वजनीक, ५ वटा मात्रै राष्ट्रिय पार्टी, नयाँ शक्ति र विवेकशील परेनन्

334 Hits

काठमाडौं, २६ माघ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ । जम्मा ५ वटा पार्टीमात्रै राष्टिय पार्टी घोषणा गर्दै निर्वाचन आयोगले शुक्रबार परिणाम सार्वजनीक गरेको हो । निर्वाचन आयोगको शुक्रबार बसेको पदाधिकारी बैठकले स्विकृत गरेलगत्तै प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको हो ।

संवैधानिक व्यवस्था अनुसार केही ढिला गरी प्रतिनिधिसभा निर्वाचन आयोगका अनुसार एमालेले सबैभन्दा धेरै ४१ सिट हासिल गरेर पहिलो दल बन्न सफल भएको छ । भने काँग्रेसले ४० प्राप्त गरेर दोश्रोे र माओवादी केन्द्रले १७ सिट प्राप्त गरेर तेश्रो दल बनको छ । त्यसैगरी राष्ट्रिय जनता पार्टी, नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेका छन् ।

आयोगले निर्वाचनमा ४९ वटा राजनीतिक दलहरुले भाग लिएपनि ५ वटा दल मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएको जानकारी दिएको छ ।

संविधान अनुसार राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । निर्वाचनमा भाग लिएका ४४ वटा दलले कूल मतको ३ प्रतिशत नकटाएकाले राष्ट्रिय पार्टी बन्न नसकेको पनि निर्वाचन आयोगले जानकारी दिएको छ ।

तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने ५ वटा दलहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम, नेपाल रहेका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फ कूल सदर मत ९५ लाख ४४ हजार ७ सय ७९ रहेको छ ।  निर्वाचनमा अत्यन्त चर्चामा रहेका विवेकशील साझा पार्टी र नयाँ शक्ति नेपाल पार्टी भने राष्टिय पार्टी बन्न सकेनन् ।

सवैभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले ३१,७३,४९४ (३३.२५ प्रतिशत) मत प्राप्त गरेको छ । सवैभन्दा कम हाम्रो पार्टीले ४२६ (०.००४५) मत प्राप्त गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेलगत्तै राजनीतिक दलहरुलाई उम्मेदवारको अन्तिम नामावली विवरण पेश गर्न पत्राचार पनि गरेको छ ।

सोमबार अपरान्ह ५ बजेभित्र पेश गर्नेगरी उम्मेदवारको अन्तिम नामावली बुझाउन दलहरुलाई आग्रह गरिएको आयोगले जानकारी दिएको छ । मंसीर ३ गते पेश गरेको सूचिमा आधारित रहेर दलहरुले कम्तिमा १ तिहाई महिला प्रतिनिधित्व हुनेगरी उम्मेदवार विवरण निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । त्यसमा त्रुटि देखिए सच्याउन २ दिनको समय पनि आयोगले दिएको छ ।

फागुन २ गते भित्र प्रतिनिधि सभा समानुपातिकतर्फको नामावली सार्वजनिक गर्ने र त्यसपछि प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारी छ ।

राष्ट्रियसभामा पनि २७ सिटमा विजयी भएर एमाले पहिलो दल बन्न सफल भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि मात्रै प्रतिनिधिसभाको सम्पूर्ण मत परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले यसको परिणाम सार्वजनिक गर्न ढिलाई भएको पनि स्पष्ट पारेको छ ।

प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक हुनेवित्तिकै नयाँ सरकार गठन प्रक्रिया सूरु हुनेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ वटा दलहरुले बन्दसूची पेश गरेका थिए । तीन प्रतिशत भन्दा कम मत प्राप्त गर्ने ४४ वटा दलहरू रहेका छन् ।

Loading...

Related News

कसले गर्यो निर्वाचन अघिको ७२ घण्टे मौन अवधि हटाउन माग ?

काठमाडौँ, ४ जेठ । निर्वाचन अघिको ७२ घण्टे मौन अवधिमा पैसाको धेरै चलखेल गरी मतदाता प्रभावित गराउने घटना बढेकाले त्यो…

२९ फागुनमा राष्ट्रपति निर्वाचन (कार्यतालिकासहित)

काठमाडौं, ११ फागुन । नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी