देउवाको राजीनामा माग्दै कांग्रेसको बैठक, सरकार निर्माणबारे पनि छलफल हुने
काठमाडौं, २६ माघ ।
नेपाली कांग्रेसको कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार विहान आयोजित बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाको राजीनामाबारे निर्णय लिने बताइएको छ । पार्टीले निर्वाचनमा वेहोरेको पराजयका समिक्षा गर्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेर बहादुर देउवालाई पद त्यागको लागि आग्रह गरिने एक कांग्रेस नेताले बताए ।
बैठकमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फको सांसदको नामको पनि टुंगो लगाइने बताइएको छ । त्यसैगरी संसदमा पार्टीको भुमिका र सरकार निर्माणको विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ ।