‘अक्टोबर समाजवादी क्रान्ति’ नयाँ युगको शुरूवात : श्रेष्ठ

103 Hits

महोत्तरी,२५ माघ
नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले अक्टोबर समाजवादी क्रान्तिले नयाँ युगको शुरूवात गरेको बताउनुभएको छ ।

महोत्तरीको बर्दीबासमा सामाजिक रुपान्तरणका लागि स्थापित आधारशिलाको १५ औ बार्षिकोत्सवको अवसरमा आयोजित अक्टोबर क्रान्तिको शतवार्षिकी र नेपाली सन्दर्भ बिषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले क्रान्ती कहिल्यैं पनि शुद्व रुपमा सम्पन्न नहुने बताउनुभयो ।श्रेष्ठले लेनिनको भनाई सम्झदैं भन्नुभयो- जस्ले शुद्व क्रान्तीको कल्पना गर्छ त्यस्ले कहिल्यैं क्रान्ती देख्न पाउँदैंन । ठोस परिस्थितिमा ठोस निर्णय गरेर सिर्जनात्मक कार्यान्वयन गर्नु नै माक्सवादी हुनुको परिचय भएको श्रेष्ठले बताउनुभयो ।

दक्षिण एसियामा नै सबैभन्दा बलियो कम्युनिष्ट आन्दोलन नेपालमा भएको बताउँदैं श्रेष्ठले नेपालमा नयाँ ढंगको समाजवादको आवश्यक रहेको बताउनुभयो । अक्टोबर क्रान्तीको महत्व बुझेर एउटा बैंचारिक बहस चलाउनुपर्ने आवश्यकता रहेको श्रेष्ठले बताउनुभयो ।
कम्युनिष्ट पार्टीको नेतृत्वमा फरक ढंगले समाजवाद निर्माण गर्ने पहिलो काम अक्टोबर क्रान्तीबाट भएको बताउँदैं श्रेष्ठले अक्टोबर क्रान्तीले विश्वमा सर्वहारा र श्रमजिवी जनताले समाजवादी क्रान्ती गर्न सम्भव छ भन्ने कुरा व्यवहारबाट पुष्टी गरेको प्रष्ट पार्नुभयो ।

अक्टोबर क्रान्तीले क्रान्ती सम्भव छ र समाजवाद निर्माण सम्भव छ भन्ने कुरा मात्रैं पुष्टी गरेन श्रेष्ठले भन्नुभयो – पुजिवाद भन्दा कैंयौं गुना समाजवाद उन्नत छ भन्ने कुरा पनि व्यवहारमा पुष्टी ग¥यो । यो कुरा विश्वभरका कम्युनिष्ट÷क्रान्तीकारीहरुका लागी आज पनि प्रेरणाको स्रोत बनिरहेको छ ।
भ्रष्ट्रचार बिरुद्धको अभियान सहित सुशासनको स्थापना नगरीकन समृद्वीको लक्ष्य पुरा हुनैं नसक्ने दावी गर्दै श्रेष्ठले समाजवाद उन्मुख विकासको मोडेल आवश्यक रहेको बताउनुभयो । श्रेष्ठले राष्ट्रिय स्वाधिनताको रक्षामा नेपाले आफुलाइ दृढ राख्नसक्नुपर्ने बताउनुभयो । उहाँले नेपालको बिषयमा नेपालीले नैं फैंशला गर्ने नेतृत्वमा क्षमता हुनु आवश्यक रहेको बताउनुभयो ।

बामपंथीको स्थायी सरकार बन्ने पक्का भएको बताउँदैं श्रेष्ठले ५ बर्षको लागी स्थायी सरकार बन्ने बताउनुभयो ।
बामपंथीको एकतालाई अब कसैंले रोक्न नसक्ने बताउँदैं श्रेष्ठले पार्टी एकताकको प्राविधिक कामहरु भईरहेको जानकारी दिनुभयो । केही दिनभित्रैं पार्टी एकता हुन्छ श्रेष्ठले भन्नुभयो ः जनताकको जनादेश लत्याउने अधिकार कसैंलाई छैंन ।

कार्यक्रममा नेकपा एमाले सचिवका प्रदिप ज्ञवालीले अक्टोबर क्रान्तीले स्थापना गरेको समाजवादी व्यवस्था र सोभियत संघ नभएपनि अक्टोबर क्रान्तीको महत्व जिवन्त रहेकको बताउनुभयो । हेपिएका र अन्यायमा परेका श्रमजिवी बिद्रोहमा उत्रिएर राज्यसत्ता कब्जा गरेको स्मरण गर्दै ज्ञवालीले अक्टोबर क्रान्तीले समाजवादी क्रान्ती सम्भव छ भन्ने कुरा प्रष्ट्र पार्नुभयो ।

पार्टी एकता एमाले र माओवादीको मात्रैं बिषय नभएको बताउँदैं ज्ञवालीले आम नागरिककको भावाना र जनादेश भएको बताउनुभयो । बामपंथी एकता पछी नेपाली काग्रेस आत्तिएको बताउँदैं ज्ञवालीले अबको १०÷२० बर्ष काग्रेस सत्तामा आउन नसक्ने भएकोले काग्रेस हतास मनस्थितीमा रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता एवम् पुर्व बिज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले नेपालका कम्युनिष्ट पार्टीहरुले नैं अक्टोबर क्रान्तीको महत्व पहिचान गर्न नसकेको गुनासो गर्नुभयो । समाजवाद सम्म कसरी पुग्न सकिन्छ भन्ने कुरा सतही ढंगबाट मात्रैं बिश्लेषण भईरहेको शाहले बताउनुभयो । कार्यक्रम महोत्तरी जिल्लाको बर्दीबासमा रहेको आधारशिलाको आयोजना तथा जयगोविन्द साह अध्ययन केन्द्रको सहआयोजनामा भएको हो ।

यसैंबिच सामुहिक बसोबास रहेको आधारशिला १५ बर्षमा प्रवेश गरेकको छ । २०५९ सालमा स्थापना भएको आधारशिलाले आज आफ्नो १५ औं बार्षिक उत्सवको अवसरमा पारेर बिशेष कार्यक्रमको आयोजना गरेको हो ।
पुर्व स्वास्थ्य तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेलको अभिभाकत्वमा रहेको आधारशिलामा ४० जना सदस्य रहेका छन् । कार्यक्रम आधारशिलाका अध्यक्ष माधव कोईरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी