वाईफाईको पासवर्ड लगाउने तरीका, लौ हेरौं

233 Hits

अहिलेको हाईटेक लाइफमा सबैसँग समार्टफोन हुन्छ । र मोवाइल सेवाप्रदायक कम्पनीले प्रदान गर्ने २ जी, ३ जी, फोर जी तथा वाईफाईमार्फत इन्टरनेटको प्रयोग नहुने त कुरै भएन ।

यस्तोमा कुनै पब्लिक (सार्वजनिक) वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त मज्जा नै हुने भयो । प्राय कलेज, सपिङ सेन्टर, सिनेमा हल, तथा होटेलहरुमा वाईफाई खुला रहन्छ । अर्थात् यदि यस्ता ठाउँमा जडित वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त तपाईको काम झन सजिलो हुने नै भयो ।

सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन के गर्ने त ? यो आलेखमा हामीले केही यस्ता मोवाइल एपबारे उल्लेख गरेका छौं, जसको प्रयोगबाट तपाईलाई सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन मद्दत पुग्ने छ ।

बेस्ट वाई–फाई नेटवर्क ह्याकर

यो एप बनाउने कम्पनीको दावी छ कि वाईफाईमा राखिएको जस्तोसुकै पासवर्ड पनि यो एपले तोडेर पत्ता लगाउँछ । अहिले कुनै पनि ओपन या क्लोज वाईफाई नेटवर्कको पासवर्ड पत्ता लगाउन यसको प्रयोग आमरुपमा गर्न थालिएको छ ।

हाऊ टु ह्याक वायरलेस नेटवर्क

यस एपलाई एक टुटोरियल जसरी लिन सकिन्छ । यसमा तपाईलाई इथिकल ह्याकिङ टिप्स सिकाइन्छ । साथै वाईफाई प्रोटेक्सनका लागि बनाइने सेकुरिटी एल्गोरिथमकलाई ह्याक गर्न पनि सिकाइन्छ ।

वाई–फाई ह्याकर

वाई–फाई ह्याकर बीएनजी पनि एक खास पासवर्ड ब्रेकिङ एप हो । यो एप इन्सटल गरेर तपाई कुनै पनि वाईफाई नेटवर्कको रेन्जमा जानुहोस्, यसलाई तपाईको काम सजिलो बनाइदिने छ ।

ह्याक वाई–फाई पासवर्ड

यो एप गुगल प्ले स्टोरमा निःशुल्क उपलब्ध छ । केही सेकेन्डमै यो एपको मद्दतबाट वाई–फाईको पासवर्ड पत्ता लगाउन सकिन्छ । यो एपलाई अहिलेसम्म १० भन्दा बढीले डाउलोड गरिसकेका छन् ।

फाइन्ड माई राउटर्स पासवर्ड

डिफल्ट पासवर्ड रिकभरी, म्यानुअल पासवर्ड रिकभरी तथा डिक्शनरी पासवर्ड रिकभरी जस्ता सुविधाको साथमा यो एप तपाईका लागि फाइदाजनक हुनसक्छ । यदि तपाईले नयाँ राउटर किन्नु भएको छ र त्यसको पासवर्ड थाहा छैन भनेपनि तपाईले यो एप प्रयोग गर्न सक्नुहुन्छ ।

Loading...

Related News

एप्पललाई लाग्यो यस्तो चोरीको आरोप

काठमाडौं, १९ असोज – अमेरिकी कम्पनी क्वालकमले एप्पललाई आफूद्वारा निर्मित मोडेम चिप डिजाइन इन्टेललाई गोप्य रुपमा दिएको आरोप लगाएको छ…

दस वर्षमा साढे सात हजार मोडलका मोबाइल सेट भित्रिए नेपालमा

काठमाडौ, २८ भदौ नेपालमा दस वर्षको अवधिमा करिब साढे सात हजार मोडलका मोबाइल सेट भित्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी