यी हुन् शक्तिशाली महिला जो प्रतिस्पर्धामा अब्बल बने !

316 Hits

काठमाडौं-
नेपाल पितृसत्तातमक राज्य हो । पुरुष प्रधान समाजमा पुरुषलाई पहिलो र महिलालाई दोश्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिन्छ । नेपालमा नयाँ संविधानमा समान अधिकारको व्यवस्था गरिएको छ र पुरुष र महिला समान हुन् भन्ने सैद्धान्तिक मान्यता स्थापित गरिएको छ । तर व्यवहारमा भने अझै महिलालाई कमजोर र अबला नै प्रमाणित गर्ने कोशीष भइरहेको छ । यसको ज्वलन्त उदाहरण हालै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभामा महिललाई प्रत्यक्षमा दिएको उम्मेदवारीको अवसर र प्राप्त परिणाम नै हुन सक्छ ।

महिलाहरुले प्रतयक्ष निर्वाचत हुन सक्दैनन त्यसैले महिलालाई अगाडि ल्याउन समानुपातिक कोटा निर्धारण गरिएको हो भन्ने मान्यता नेपाली राजनीतिक दलका नेताहरुमा व्याप्त छ । महिलाहरुले पैसा खर्च गर्न सक्दैनन् र चुनाव जित्न सक्दैनन् भनेर अधिकांश पुरुषहरु प्रत्यक्षमा उम्मेदवार बनेर महिलाहरुलाई समानुपातिकको कोटामा नाम सिफारिस गरिएको देखिन्छ ।
महिलाहरुलाई कमजोर भन्दै प्रमुख राजनीतिक दलहरूले महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका थिए । उनीहरुले महिलालाई अत्यन्तै न्यून संख्यामा उम्मेदवार बनाए । प्रतयक्ष तर्फ जनालाई उम्मेदवार बनाएको थियो ।

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ३६ महिलाले उम्मेदवारी दिएका थिए । जसमा प्रतिनिधि सभातर्फ १६ र प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट ३ महिलाले उम्मेदवारी दिएका थिए ।

प्रदेशसभातर्फ २० जना महिला मध्ये ६ महिलाले ठूला दलबाट उम्मेदवारी दिएका थिए । यस्तै दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशतर्फ २ सय ९ महिलाले उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी दिन कन्जुस्याईं गरिएपनि जति महिलाहरुले प्रत्यक्षमा उमेदवारी पाएका थिए उनीहरुले सबल र बलिया भनिएका पुरुष उम्मेदवारहरुलाई पराजीत गरी निर्वाचीत हुन सफल भएका छन् । सामान्य मात्रै होइन भारी मतान्तरसहित विजयी भएर महिलाहरुले आफूहरु पुरुष सरह सक्षम छौं भन्ने प्रमाणित गराएका छन् ।

हालसम्म घोषित मत परिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका पाँच र प्रदेशसभा सदस्यमा बाह्र महिलाले पुरुष प्रतिस्पर्धीलाई भारी मत अन्तरले पराजित गरिसकेका छन् । यी हुन् प्रतिनिधिसभामा विजयी महिलाहरूः

बिना मगर

विजयी महिला उम्मेदवार मध्ये कञ्चनपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रकी बिना मगरले सबै भन्दा बढी मत अन्तरले आफ्ना पुरुष प्रतिस्पर्धीलाई पराजित गरेकी छन् ।

उनले नेपाली कांग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २ सय ४८ मत अन्तरले पराजित गरेकी हुन् । बिनाले ३८ हजार ४ सय ६७ प्राप्त गरिन् भने विष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका थिए ।

पद्यमा अर्याल
प्रतिनिधि सभा सदस्यका लागि स्यांजा क्षेत्र नं २ बाट प्रतिस्पर्धामा रहेकी अर्यालले नेपाली कांग्रेसका नेता तथा बहालवाला शिक्षा तथा उपप्रधान मन्त्री गोपालमान श्रेष्ठलाई पराजीत गरिन् । बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी एमाले जिल्ल अध्यक्ष अर्यालले श्रेष्लाई ३ हजार ७ सय ६ मतान्तरले . पराजित गरेकी हुन् । अर्यालले अर्यालले ३५ हजार १ सय ४२ मत पाउँदा श्रेष्ठले ३१ हजार ४ सय ३६ मत मात्रै प्राप्त गरेका छन् ।

दुर्गा पौडेल

प्रतिनिधिसभा सदस्यका लागि एकमात्र क्षेत्र रहेको प्यूठानमा वाम गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले नेपाली कांग्रेसका उम्मेदवार प्रा।डा।गोविन्दराज पोखरेललाई १६ हजार २ सय २८ मतान्तरले पराजित गरिन् ।

पौडेलले ४७ हजार ५ सय १४ मत ल्याइन् भने कांग्रेस उम्मेदवार तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। पोखरेलले ३१ हजार २८६ मत पाए ।

पवित्रा निरौला खरेल

त्यस्तै झापा क्षेत्र नम्बर २ बाट वाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी पवित्रा निरौला खरेलले १३ हजार ७ सय ६७ मत बढी ल्याई नेपाली कांग्रेसका उम्मेदवार उद्धव थापालाई पराजित गरिन् । खरेलले ४५ हजार ८ सय १७ मत ल्याईन् भने थापाले ३२ हजार ५० मत ल्याएका थिए ।

कमला रोका

पहिलो चरणमा निर्वाचन भएको रुकुम पूर्व क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी कमला रोकाले ६ हजार २८ मतको फराकिलो अन्तरमा कांग्रेस उम्मेदवारलाई पराजित गरिन् ।

रोकाले १० हजार ४ हजार ३४ मत ल्याईन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत पाए ।

पम्फा भुसाल

ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा पम्फा भुसाल आफ्ना प्रतिस्पर्धी भन्दा १ हजार ७ सय ७ मत बढी ल्याई विजयी भईन् । वाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेता तथा प्रबक्ता भुसालले २४ हजार ३७ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदन अमात्यले २२ हजार ३ सय २९ मत ल्याएका थिए ।

प्रदेशमा विजयी महिलाहरू

कुमारी मोक्तान

प्रदेशसभा सदस्यमा मकवानपुर क्षेत्र नं १ को ९क० बाट वाम गठबन्धनकी उम्मेदवार, माओवादी केन्द्रकी कुमारी मोक्तानले लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटा भन्दा १२ हजार ९ सय ९६ मत बढी ल्याई पराजित गरिन् । मोक्तानले २७ हजार १ सय ३२ मत ल्याइन् भने सापकोटाले १४ हजार १ सय ३६ मत ल्याएका थिए ।

बेची लुङगेली

सर्लाही क्षेत्र नम्बर १ ९ख० बाट वाम गठबन्धनकी बेची लुङगेलीले नेपाली कांग्रेका शेष साह दुल्लाहलाई पराजित गरिन् । उनले ६ हजार १ सय ६६ मतअन्तरले दुल्लाहलाई पराजित गरेकी हुन् । लुङगेलीले १५ हजार ३ सय ६३ मत ल्याएकी छन् भने दुल्लाहले ९ हजार १ सय ९७ मत प्राप्त गरेका थिए ।

कला घले

उदयपुर क्षेत्र नं।२ ९ख० प्रदेशसभामा वाम गठबन्धनका साझा उम्मेदवार कला घलेले निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामकुमार खत्रीलाई पराजित गरिन् । उनी खत्री भन्दा ४ हजार ४ सय ८४ मत बढी ल्याई विजयी भइन् । घलेले १३ हजार ४ सय ५९ मत ल्याएर विजयी भएकी हुन् । खत्रीले ८ हजार ९ सय ७६ मत प्राप्त गरेका थिए ।

कृष्णा केसी ९नमुना०

बाँके क्षेत्र नं १ प्रदेशसभा ९क० बाट बाम गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी नेता कृष्णा केसी ९नमुना०ले निकतम प्रतिद्वन्द्वी काँग्रेसका शरद चन्द्र बर्मालाई ३ हजार १ सय ९६ मत अन्तरले पछि पार्दै विजयी भइन् । केसीले १३ हजार ४ सय ३६ मत प्राप्त गरिन् भने काँग्रेसका बर्माले १० हजार २सय४० मत प्राप्त गरेका थिए ।

नरदेवी पुन

म्याग्दीको प्रदेशसभा ‘ख’ बाट वाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी नरदेवी पुन मगरले २ हजार ८ सय ७८ मत बढी ल्याई आफ्ना निकटतम् प्रतिस्पर्धी कांग्रेसका अमलाल फगामीलाई पराजित गरिन् । मगरले १० हजार ८ सय ६८ मत ल्याईन् भने फगामीले ७ हजार ९ सय ९० मत ल्याएका थिए ।

देवकी मल्ल थापा

बझाङ प्रदेशसभा ‘ख’ बाट वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी देवकी मल्ल थापा २ हजार ५ सय १ मत अन्तरले विजयी भईन् । मल्लले १६ हजार ७ सय ४३ मत ल्याएकी छिन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याए ।

रमा आलेमगर

यस्तै काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ बाट वाम गठबन्धनकी उम्मेदवार एमालेकी रमा आलेमगरले प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार धर्मनन्द्र श्रेष्ठलाई २ हजार ८ सय ३२ मत बढी ल्याएर पराजित गरिन् । रमाले ९ हजार ९ सय ३ मत ल्याएकी छिन् भने श्रेष्ठले ७ हजार १७ मत ल्याएका थिए ।

लालकुमारी पुन

ललितपुर क्षेत्र नं। १ को ९क० को प्रदेशसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी लालकुमारी पुनले कांग्रेसका ऋषिराम घिमिरेलाई २ हजार ७ सय ३६ मत अन्तरले पराजित गरिन् । पुनले १२ हजार ८ सय ४१ मत ल्याएर विजयी भइन् भने घिमिरेले १० हजार १ सय ५ मत प्राप्त गरी पराजित भए ।

आशा कोइराला

तनहुँ क्षेत्र नं २ को ‘क’ बाट प्रदेशसभा सदस्यमा आशा कोइरालाले पाँच मतको अन्तरले कांग्रेसका उम्मेदवार प्रदिप पौडेललाई पराजित गरिन् । कोइरालाले १६ हजार ६ सय ४६ मत प्राप्त गरी विजयी भईन् भने पौडेलले १६ हजार ६ सय ४१ मत पाएका छन् ।

ज्वाला साह

यस्तै बारा क्षेत्र नम्बर ३ ९क० बाट वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी ज्वाला साह प्रदेशसभा सदस्यमा कांग्रेसका रामनन्द परसाद यादवलाई पराजित गर्दै विजयी भईन् । उनले १ हजार ६२४ मत अन्तरले यादवलाई पराजित गरेकी हुन् । साह ११ हजार ७ सय ७१ मत प्राप्त गरिन् भने गरिन् भने यादवले १० हजार १ सय ४७ मत प्राप्त गरे ।

शारदा थापा

महोत्तरी क्षेत्र नम्बर १ को ९क० बाट प्रदेशसभामा वाम गठबन्धनकी उम्मेदवार नेकपा एमालेकी शारदा थापाले १ हजार २ सय ५१ मत बढी ल्याई नेपाली कांग्रेसका प्रल्हाद कुमार क्षेत्रीलाई पराजित गरिन् । उनले १० हजार २ सय ८२ मत पाएकी छन् भने क्षेत्रीले ९ हजार ३१ मत पाए ।

Loading...

Related News

कसले गर्यो निर्वाचन अघिको ७२ घण्टे मौन अवधि हटाउन माग ?

काठमाडौँ, ४ जेठ । निर्वाचन अघिको ७२ घण्टे मौन अवधिमा पैसाको धेरै चलखेल गरी मतदाता प्रभावित गराउने घटना बढेकाले त्यो…

२९ फागुनमा राष्ट्रपति निर्वाचन (कार्यतालिकासहित)

काठमाडौं, ११ फागुन । नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी