‘परिवार सँगै बसेर माघी मनाउने रहर त हरायो नै जीवनका सारा सपनाहरु झरेको पातझैं भैदियो’

256 Hits

टोपबहादुर घर्तीमगर (घायल क्षितिज)-

घरको पिढिमा बसेर रुदै पछ्याउँदै गरेको सानो छोरालाई माघे सक्रान्ति मनाउन आउछु है बाबू भन्दै घरबाट निस्केको म आज एक महिना भै सकेछ परिवार सँगै बसेर माघी मनाउने रहर त हरायो नै पुस १४ को कालो दिनले जीवनका सारा सपनाहरु हावाको एकै झाक्काले झरेको पातझैं भैदियो ।

यो बिचमा आमा बिरामी भएको फोन कलले अमिलो मन लिएर काठमाडौ बस्नुको पीडा एकातिर छ भने अर्कोतिर यो राजधानी को धुवा धुलो अस्वस्थ र असहज बसाइले बिरामी भएर ओछ्यनमा थला पर्नुको पिडा त्यसमाथि राजधानी को यो महंगी स्वास फेर्न पनि पैसा तिर्नु पर्ने यो बिरानो सहरमा गाडिभाडा होटेल बाँस खर्चको त के कुरा गरौं तर ४६६४ जना सामाजिक परिचालक र त्यो सँगै जोडिएको लाखौं करोडौं श्रमजीवी वर्गको पिडाको अगाडि आफ्ना पिडाअरु गौण लाग्दो रहेछ।

दुख पीडा त कति पाइयो कति समाजसेवा भन्दै हिड्दा तर एउटै आशा अनि बिस्वास थियो सरकारले कुनैन कुनै हिसाबले हामीलाई समायोजन गर्छ र त्यो आस्वाशन पनि पाएकै हो तर आज सडकको बासहुन थालेको पनि एक महिना भयो सरकार मुखदर्शक भएर बसेको छ

हिजो संक्रमण कालको बेला जहाँ राज्यको कुनै उपस्थिति थिएन ती दुर दराजमा रहेका विपन्न र बन्चिती करणमा परेका वर्गलाई राज्यको अनुभुती दिलाउँदै राज्यको मूल प्रभाहीकरणमा समाहित गर्ने, वडानागरिक मञ्च नागरिक सचेतना केन्द्रसँग हातेमालो गर्दै खुला दिसामुक्त, पूर्ण साक्षर पूर्ण खोप, गरिब घरपरिवार पहिचान, निर्वाचन शिक्षा भुकम्प पुननिर्माण आदि जस्ता थुप्रै यस्ता नेपाल सरकारका राष्ट्रिय अभियान हरुमा अग्रणी भुमिका खेल्ने, आफ्नो ब्यक्तिगत समस्यालाई तिलाञ्जली दिएर तत्कालीन गाबिस हालको वडा कार्यालयमा अहोरात्र खट्ने सामाजिक परिचालक आज जनप्रतिनिधि हरुको आगमणसँगै बिस्तारै भुमिका बिहिन हुदैजानु निकै दुखद पक्षहो।

कता कता सुनिन्छ सामाजिक परिचालक भनेका एनजिओ का कर्मचारी हुन तर म त्यसलाई एउटा अज्ञानता र पराजित मानसिकताको अभिब्यक्ति बाहेक केही भन्न चाहेन हामी एनजीओ को कर्मचारी थियो भने कुनचाहिँ एनजीओ ले नियम अन्तरगत यति बजेटमा यो कार्यक्रम गर्ने भनेको छ देखाउ ।
निर्वाचन शिक्षा कार्यकर्ता छनोट निर्देशिकामा संघिय मामला तथा स्थानीय बिकास मन्त्रालय बाट संन्चालित सामाजिक परिचालन कार्यक्रमका सामाजिक परिचालक छनोट गर्ने व्यवस्था भएको तत्कालीन जिल्ला बिकास समितिमा जिल्ला शिक्षा विज्ञको मातहतमा १ बर्ष जिविसमा राखेको गाबिस सचिवले हाजिरी प्रमाणित गर्ने ब्यबस्था भएको उपभोक्ता समिति गठन गर्दा गाबिस सचिव वा सामाजिक परिचालकको रोहबरमा गर्ने गरिएको थिएन र ।
योजनाहरुको सार्वजनिक परिक्षण गर्दा सामाजिक परिचालकले अनिवार्य प्रमाणित गरेको हुनुपर्ने स्पष्ट ब्यबस्था भएको हाम्रो पारिश्रमिकबाट सामाजिक सुरक्षा कर कट्टी गरेको, तत्कालीन जिबिसले जीवन बिमा गरिदिएको स्थानीय निकाय हालको स्थानीय तहले नियुक्ति दिई विभिन्न कामकाजमा खटाएको यी कुराहरूले हामी एनजीओको कर्मचारी हो भन्ने लाई मुख भरिएको जवाफ पुग्छ यसरी ८ बर्ष राज्यको सेवक भएर काम गर्दा पनि आज राज्यबाट यो खालको सौतेनी ब्यवहार हुदा निकै दुख लागेको छ ।

यतिमात्र होईन सामाजिक परिचालक जसले घाम पानी भोक प्यास केहि नभनि यो ७र८ वर्षका हरेक पल केवल समाज सेवामै खर्चियौं , पढाइलाई निरन्तरता दिन सकेनौं, लोकसेवा तयारि गर्ने आफ्नो कलिलो उमेर गुमायौं , समाजमा रहेका विभिन्न खाले मान्छेहरुको आरोप प्रत्यारोपको सामना गरौं यस्ता परिवर्तनका संवाहक राज्यका दूतलाई स्वयम राज्यले नै बेवास्ता गर्दा यो देशमा राज्यनै नभएको अनुभुति
हुन थालेको छ ।
एकातिर स्थानीय तहको संख्या बढ्दा कर्मचारी अभावमा सेवा प्रवाहमा बाधा हुदैछ अर्कोतिर भएका हामी जस्ता कर्मचारिलाई यसरि निकम्मा बनाई उपेक्षा गर्नु पक्कै पनि शुभसङ्केत होईन यसरी श्रमजीवी वर्गलाई अन्याय गरि हाम्रो मागको सुनुवाइ नहुदा राज्यामा फेरि अर्को एउटा बिद्रोह त हुनेहोइन भन्ने कताकता आशंका उत्पन्न हुन थालेकोछ हुनु पनि स्वाभाविक हो ।

हामी सङ्ख्यामा ४६६४ जना भएपनि हाम्रा परिवार नातागोता सँगै हामी सँग जोडिएका वडा नागरिक मंच नागरिक सचेतना केन्द्र लागाएत हाम्रा समर्थक शुभ चिन्तक हरुको उत्शाह जनक लहर लाई हेर्दा त्यो संभावना लाई नकार्न सकिन्न। अब पनि हाम्रो न्यायोचित मागको सुनुवाइ भएन भने यी सम्भावना र यसले निम्त्याउने परिणामको जिम्मा स्वयं राज्यले लिनुपर्छ ।

कुनैपनि देशको राज्य त्यहाँको अविभावक हुन्छ यसरि अविभावक नै गैर जिम्मेवार हुनु असशोभनिय कुरा हो तसर्थ हामिलाई कुनै न कुनै भुमिकामा समायोजन गरि राज्यले आफ्नो दायित्व पुरा गरोस।

(त्रिवेणी गाउँपालिका ४ – रोल्पा)

Related News

जेलमा बसेका ढुंंगेलको स्वास्थ्य अवस्था गम्भीर, उपचारको लागि अस्पतालमा बस्न चिकित्सकको सुझाव

काठमाडौं, ५ चैत । जनयुद्धकालिन मुद्धालार्य आधार बनाएर पटक पटक जेल बस्न बाध्य ओखलढुंगाका माओवादी नेता बालकृष्ण ढुंगेल यतिवेला डिल्लीबजारस्थित…

गुण्डानाईके गणेश लामा हतियारसहित पक्राउ, प्राडो गाडि पनि नियन्त्रणमा

काठमाडौं, १ चैत । केही समय चर्चामा नरहेका कांग्रेस नेता तथा गुन्डा नाइके गणेश लामा हतियारसहित पक्राउ परेका छन् । काठमाडौंको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी