पुर्व प्रधानमन्त्री खालिदा जियालाई ५ वर्षको जेल सजायाँ, समर्थकलाई तितरबितर पारी फैसला सुनाइयो

168 Hits

ढाका, २५ माघ ।
बंगलादेशमा पुर्व प्रधानमन्त्री तथा विपक्षी नेत्री खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय तोकिएको छ।

७२ वर्षिया जियाले बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको आरोप लगाइएको थियो। उक्त आरोप जियाले अस्वीकार गरेकी छन्।

प्रहरीले अश्रु ग्यास प्रयोग गरेर उनका हजारौं समर्थकलाई तितरबितर पारेपछि ढाकास्थित अदालतमा फैसला पढेर सुनाइएको थियो। फैसला सुनाउनुपूर्व राजधानी ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । जियाका समर्थकहरूले फैसलाविरुद्ध प्रदर्शन गरेका थिए ।

जिया प्रधानमन्त्री शेख हसिना वाजेदकी दशकौंयताकी राजनीतिक प्रतिद्वन्द्वी हुन्। जियाका छोरा तारिक रहमानलाई १० वर्षको जेल सजाय तोकिएको छ। उनी हाल लण्डनमा छन्। जियाका अन्य सहयोगीहरुलाई पनि १० वर्षकै जेल सजाय सुनाइएको छ।

कारबाहीसँगै उनले सन् २०१८ मै हुने संसदीय चुनावमा लड्न नपाउने भएकी छिन्। उनले आफूविरुद्धका आरोपहरु राजनीतिक रुपमा प्रेरित रहेको बताउँदै आएकी छिन् । पछिल्लो मुद्दा जियाविरुद्ध थाती रहेका दर्जनौं मुद्दामध्येको एक हो।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी