अपराधी पत्ता लगाउन सक्ने विशेष चश्मा !

199 Hits

चीन- चिनियाँ प्रहरीले अपराधी पत्ता लगाउन सक्ने विशेष चश्मा प्रयोगमा ल्याएको छ। उक्त चश्मा अपराधी पहिचानका लागि प्रभावकारी हुने प्रहरीले दावी गरेको छ। यो प्रविधि प्रयोगमा ल्याइसकेपछि मानव तस्करी र ‘हिट एन्ड रन’सँग सम्बन्धित सात आरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चिनियाँ नयाँ वर्षका लागि चीनले सुरक्षा व्यवस्था कडा बनाएको छ। ‘अपराधीमाथि नजर राख्न विशेष प्रविधियुक्त चश्मा प्रयोगमा ल्याइएको छ,’ चिनियाँ अधिकारीले भने , ‘जसले सजिलैसँग उसको अनुहार पहिचान गर्न सक्छ।’

नयाँ वर्षका अवसरमा ठूलो संख्यामा चिनियाँहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घुम्न जाने भएकाले उनीहरुमाथि निगरानी गर्न र भीडमा संदिग्धलाई पहिचान गर्न यस प्रकारको चश्मासहित सुरक्षाकर्मीलाई भीडभाड हुने क्षेत्रमा तैनाथ गरिएकाे छ।

Loading...

Related News

What is Black hole ? How it will be ended ? (video)

Karhmandu,   A black hole is a place in space where gravity pulls so much that even light can not…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी