प्रतिनिधिको सभाको समानुपातिक नतिजा आज आउँदै, को को पर्लान ?

143 Hits

काठमाडौं, २५ माघ ।
निर्वाचन आयोगले मंसीर १० र २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको समानुपातिकतर्फको नतिजा आज सार्वजनीक गर्ने तयारी गरेको छ । राष्ट्रियसभा चुनाव सम्पन्न भएसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

संघीय संसदमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने भएकाले आयोगले चुनाव सम्पन्न भएको दुई महिना बितिसक्दा पनि नतिजा घोषणा गरेको छैन। राष्ट्रियसभा चुनाव सम्पन्न भई हिजो (बुधबार) नै नतिजा आइसकेकाले आज प्रतिनिधिसभा चुनावमा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या आयोगले सार्वजनिक गर्न लागेको हो। नतिजा सार्वजनिक गरेलगत्तै बिहीबार नै दलहरुले प्राप्त गरेको सिट संख्या तोकेर बन्द सूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न पत्राचार गरिने आयोगका प्रवक्ता नवराज ढकालले बताए।

ढकालका अनुसार बन्दसूचीको क्रमसंख्या नमिची ुक्लस्टरु मिलाएर नाम सिफरिस गर्न दलहरुलाई तीन दिनको समय दिइनेछ। दलहरुले गरेको सिफारिस अनुसार समावेशी समूह र क्रमसंख्या मिले नमिलेको जाँच गरी नमिलेके भए मात्रै दलहरुलाई सच्याउन पुनः दुई दिनको समय दिइनेछ। त्यसपछि लगत्तै निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेश गरिने आयोगका प्रवक्ता ढकालले बताए।

आयोगले औपचारिक घोषणा नगरे पनि उनीहरुले प्राप्त गरेको मतको आधारमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम र राजपाले ६र६ सिट प्राप्त गरेका छन्।
दलहरुभीत्र समानुपातिकमा आफ्ना परिवार, आफन्त, पैसावाल र पावरवालाहरुलाई समावेश गरेको भन्दै तिब्र आलोचना भइरहेको छ । विशेष गरेर नेतापत्नीहरुलाई समानुपातिकमा पारेको भन्दै इमान्दार कार्यकर्ता हरुले विरोध गरिरहेका बेला आयोगले सार्वजनीक गर्ने नामहरुले कस्तो प्रतिक्रिया प्राप्त गर्लान् त्यो भने हेर्न बाँकी छ ।

Loading...

Related News

कसले गर्यो निर्वाचन अघिको ७२ घण्टे मौन अवधि हटाउन माग ?

काठमाडौँ, ४ जेठ । निर्वाचन अघिको ७२ घण्टे मौन अवधिमा पैसाको धेरै चलखेल गरी मतदाता प्रभावित गराउने घटना बढेकाले त्यो…

२९ फागुनमा राष्ट्रपति निर्वाचन (कार्यतालिकासहित)

काठमाडौं, ११ फागुन । नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी