८३ सामुदायिक वनलाई पर्सा वन्यजन्तु निकुञ्जमा गाभ्ने तयारी, स्थानीय आक्रोशित

101 Hits

काठमाडौं, २५ माघ ।

वन तथा भू-संरक्षण मन्त्रालयले ८३ वटा सामुदायिक वनलाई गुपचुप रूपमा पर्सा वन्यजन्तु निकुञ्जमा गाभ्ने तयारी गरेपछि स्थानीय उपभोक्ता आक्रोशित भएका छन्।

स्थानीय तह तथा वन उपभोक्तासँग सहकार्य र समन्वयबिनै निकुञ्जले सामुदायिक वन हडप्न थालेको भन्दै त्यसलाई रोक्न उपभोक्ताले बुधबार मन्त्रालयमै पुगेर आपत्ति जनाए। मन्त्रालयका सचिव र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग प्रमुखलाई भेटेर त्यस्तो अप्रिय निर्णय नलिन उनीहरूले दबाब दिएका छन्।

आफूले दुःखले गोडमेल गरेर हुर्काएको वन क्षेत्र अनायस हडप्ने प्रयास भएको गुनासो उपभोक्ताले गरेका छन्। बाराका ४० र पर्साका ४३ सामुदायिक वनका उपभोक्ताले मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाएका छन्।

वातावरण संरक्षण नियमावली २०५४ को अनुसूची १ विपरीत प्रारम्भिक वातावरणीय अध्यन नगरेको र जैविक विविधता महासन्धिविपरीत स्थानीयसँग ‘पूर्वसूचित’ सहमति नलिइएको उनीहरूको भनाइ छ।

‘हाम्रो सहमतिबिना सामुदायिक वन हडपेर एकतर्फी निकुञ्ज विस्तार गर्न खोजिएको छ। यसमा हाम्रो विरोध छ,’ सामुदायिक वन महासंघ रौतहटका अध्यक्ष महेन्द्र उप्रेतीले अन्नपूर्णसँग भने, ‘राज्यसँग लडाइँ गर्न सक्दैनौं तर हामीले आफ्नो अधिकार खोजेका हौं। खुला डाँडापाखामा बिरुवा रोपेर समुदायले वन बनाएपछि वन्यजन्तुको चहलपहल बढ्यो भन्दैमा निकुञ्जमा गाभ्न जरुरी छैन। हाम्रो मिहिनेत र पसिनाको पनि कदर हुनुपर्छ।’ उप्रेतीका अनुसार मन्त्रालयका सचिव युवकध्वज जिसीलाई जानकारी गराउँदा उनले आफूले मात्र रोक्न नसक्ने भन्दै माथिल्लो तहसम्म दबाब दिन सुझाएका आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Loading...

Related News

रोमन क्याथोलिक पादरीद्वारा ३६ सय बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा

काठमाडौं, २८ भदौ । जर्मन  रोमन क्याथोलिक पादरीहरुले ३६ सय भन्दा बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा भएको छ ।…

सावधान ! तपाईंको जग्गा थाहै नपाई बेचिएला, यस्ताेसम्म भयाे काठमाडौंमा

काठमाडौं, २२ भदौ । लालपुर्जा साथमै भएपछि आफ्नो  घरजग्गा सुरक्षित रहेको ठान्नै प-यो । तर, अब भने प्रश्न पैदा भएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी