संघमा १५ मात्रै मन्त्रालयको अन्तिम खाका बनायो सरकारले

109 Hits

काठमाडौं, २५ माघ ।
नेपाल संघिय लोकताीनत्रक गणतन्त्रको कार्यान्वयनमा गइसकेको छ । सात प्रदेश सहितको भिन्दै सरकार र संयन्त्र निर्माण हुदैछन् । प्रदेश सभाहरुको बैक संचालन भइसकेका छन् र अब मुख्य मन्त्री, सरकार र सभामुख तोक्न प्रक्रिया अगाडि वढ्दैछ । सात प्रदेशमा सरकार बन्ने भइसकेपछि केन्द्र वा संघमा कति मन्त्रालय रहन्छन र कस्तो सरकार रहन्छ भन्ने विषयमा अब प्रष्ट हुनु जरुरी छ । संघ वा केन्द्रमा अब मात्रै १५ वटा मनत्रालय रहने प्रस्तावको अन्तिम खाका सरकारले तयार गरेको छ । यस अघि संविधानमा प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रीपषिद रहने व्यवस्था गरिएको छ ।
सरकारले संघमा रहने १५ वटा मन्त्रालयको खाका तयार पारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता डिल्लीराम शर्माले मन्त्रिपरिषदको बैठकले उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा संयोजक रहेको प्रशासनिक समितिले १५ वटा मन्त्रालय रहेको प्रतिवेदन पास गरेको बताए ।

आजको नेपाल समाचारपत्रमा खबर छ समितिले पास गरेपछि क्याबिनेटमा जाने व्यवस्था छ । मन्त्रिपरिषदमा ४ वटा विषयगत समिति रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित, गृह, अर्थ, रक्षा, परराष्ट्रलगायतका मन्त्रालय यथावत रहेका छन् भने अन्य मन्त्रालयलाई कार्य विभाजन मिल्ने गरी समायोजन गरिएको शर्माले जानकारी दिए ।

Loading...

Related News

मन्त्रीपरिषद निर्णय : राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख

काठमाडौं, २२ माघ । सरकारले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्…

अब पेन्सन याेगदानमा अाधारीत हुने, हेर्नुस् कसरी पाईन्छ पेन्सन ?

काठमाडौँ,३० पुस । योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोषको व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी