अत्यन्त क्रियाशील एन आर एन बेल्जीयम, ४ महिनामा के गर्यो, अब के गर्दैछ ?

181 Hits

डिल्ली राम अम्माई, बेल्जीयम, २४ माघ- 
गैह्र आवासिय नेपाली संघ (एनआरएनए)बेलिजयमको २०१७ सेप्टेम्बर १९ तारिकका दिन भएको निर्वाचनको मितिले (समयको मात्र हिसाब गर्ने हो भने आजका मितीसम्म) जम्मा चार महिना पाँच दिन भएको छ । निर्वाचित अध्यक्ष लोक दाहालको यो अबधिको सक्रियतालाई हेर्दा बेल्जियमको नेपाली समाजले निरास हुनु पर्ने अवस्था देखिंदैन भन्ने जनमानस अत्यधिक छ ।

नेपाली परम्परा अनुसार शुरुको एक महिना र त्यसपछिको सय दिनको कार्यक्रमिक समिक्षा गर्ने चलन हो । तर, यहाँ पर्यटन मेलाको व्यस्तताले गर्दा करिब एकसय पच्चीस दिनको समिक्षा गर्ने प्रयास स्वरुप एनआरएनए बेल्जियमले गरेका र केहि सहभागितामा भएका गतिबिधिहरुलाई राख्न खोजिएको हो । यी काम र गतिबिधि प्रतिको संलग्नताबारे सबैका आफ्ना राय र जिज्ञासा भएपनि सारांशमा प्रस्तुत गर्दा छलफलको आधार पनि बन्ने र जनचासोको कौतुहलताप्रति सूचनाको हक प्रवाहित हुने ठानी मुख्य प्रयासहरु प्रस्तुत हो ।

पंक्तिकारको अनुरोधमा गैह्रआबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहालले आफ्नो प्रारम्भिक कार्यकालमा धेरै सकारात्मक अनुभब रहेको बताउदै गैह्र आबासिय नेपाली संघलाई आजको अवस्थामा ल्याई पुर्याउन अग्रजहरुले निर्वाह गर्नु भएको उच्च भूमिकाको सम्मान गरेका छन् । कुराकानीको क्रममा उनले संघको गरीमा र छवीलाई थप सुदृढ गर्ने प्रतिवद्धताका साथ काम गर्ने वर्तमान कार्यकारिणी समितिको १२५ दिन पूरा भएको अवसरमा टिमलाई धन्यबाद समेत दिए ।

संगठनका हरेक गतिबिधिबारे गैह्र आबासिय नेपाली संघका साधारण सदस्यहरुको सू–सूचित हुन पाउने अधिकारको सम्मान गर्नु नेतृत्वको कर्तब्य मात्र नभएर महत्वपूर्ण जिम्मेवारी पनि भएकोले आफ्ना अहिलेसम्मका गतिबिधि मिडिया मार्फत सार्वजनिक गरेको उनले बताए ।

संगठनको बिधि बिधान र मर्यादामा रही सम्पूर्ण गैह्र आबासिय नेपाली संघका सदस्यहरुको भावना र आत्मासम्मानलाई उच्च प्राथमिकतामा राख्दै बेल्जियम भरिका विभिन्न संघसंस्थाहरुसंग हातेमालो गर्दै अगाडी बढ्ने’ प्रण टिमले गरिरहेको उनको जिकिर छ । उद्यमी व्यवसायीका समस्या समाधानमा पहल, श्रमिक नेपालीहरुका समस्याहरुको सहजीकरणको लागि पहल र नेपाली राज दुतावाससंगको अन्योन्याश्रित सम्बन्ध नै यो संस्थाको पहिलो प्रार्थमिकता रहेको उनले बताए । त्यसपछि मुलुकको आर्थिक विकासमा निजी लगानीको क्षेत्रलाई नेतृत्वदायी भूमिकाका साथ अगाडी बढाउने यो संस्थाको अर्को प्राथमिकता रहेको उनको भनाईबाट प्रष्ट हुन्थ्यो । गैह्र आबासिय नेपाली संघ बेल्जियमका निर्वाचन पछिका उल्लेख्य काम र अभियानलाई बुँदागत रुपमा यसरि प्रष्ट पार्न सकिन्छ ।

१-गैह्र आबासिय नेपाली संघको सम्पर्क कार्यालयको स्थापना तथा प्रशासनिक सुधारको थालनी ।

नयां नेतृत्वले कार्यभार सुम्पेको केहि दिनमै संघको अन्तराष्ट्रिय सम्मेलन भएको थियो । जसमा बेल्जियमबाट अध्यक्ष लोक दाहालको नेतृत्वमा १०३ जना सम्मेलनमा निर्णायक सहभागिता रहेको थियो । जसको फलस्वरूप ‘बेल्जियमबाट मूल समितिको सचिव, महिला संयोजक र युरोप संयोजक प्राप्त हुनु बेल्जियम गैह्र आबासिय नेपाली संघको इतिहाँसमै पहिलो गौरबपुर्ण अवसरहरू भएको उनले बताए । त्यस्तै २०१७ को डिसेम्बर १७ मा लुभेनमा भएको सम्पर्क कार्यालय स्थापना पनि ब्यबस्थापकीय क्षेत्रमा अर्को महत्वपुर्ण काम मान्दछन उनि । उनी भन्दछन, ‘हामीले सचिवालय सुदृढीकरणको विषयलाई उच्च प्राथमिकतामा राखेका थियौं र संघको सचिवालयको सुनिश्चितताले सचिबालयको काम सुदृढ भयो र अब यसले दिने सेवाहरु चुस्तदुरुस्त पार्न सकियो भने मात्र संघलाई सशक्त ढंगबाट अगाडी लैजान सकिने र यसले सिंगो क्षेत्रलाई हाक्न सक्ने हाम्रो निष्कर्श हो ।’

बेल्जियममा नेपाली बसोबासको आधारमा बनाइएको संरचना अनुसार संगठन विस्तार गरेको छ । ‘प्रत्येक क्षेत्रमा हाम्रा गतिबिधि एककदम अगाडीनै रहेको संदेश हामीले संगठनको निर्माण संगसँगै दिइसकेका छौं । विधानत गठित सबै क्षेत्रको निर्वाचन सम्पन्न भई नयाँ क्षेत्रीय नेतृत्वले कार्यभार सम्हाली सकेको छ । विधान अनुसार गठन गरिने सवै सल्लाहकार, उप–समिति, थप फोरम (टाक्स फोर्स) गठनको लागि सिफारिस भई सकेका छन्’ उनले गर्ब गरे ।

२-परोपकारी अभियानमा थप प्रेरणा :

गैह्र आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष आफै परोपकारी अभियान स्वरुप नाइजेरियाको एक स्कुलमा भौतिक तथा आर्थिक सहयोगमा अग्रसर भए । यो गैह्र आबासीय नेपाली संघ बेल्जियमको घोषित कार्यक्रम नभएपनि सबैको मानबिय प्रेरणाको लागि उत्प्रेरक बन्न सक्ने अर्थमा यसको महत्व रहेको देखिन्छ ।
त्यस्तै केहि समय अगाडि नेपालको तराई भेगमा सितलहरबाट प्रभावित नेपालीको राहत स्वरुप पठाइएको सोह्र सय उन्नाइस युरो पनि सम्बन्धित क्षेत्रमा पुगी सकेको जानकारी आएको छ । यो परोपकारी अभियान अन्तर्गत गरिएको अर्को उल्लेख्य कर्म मान्न सकिन्छ । कतिपय अवस्थामा उत्पीडित चेलीबेटीको उन्मुक्तिको लागि सहयोग, यहाँका बरिष्ठ डाक्टरहरुबाट आवासिय स्वास्थ्य सल्लाह जस्ता कुरा पनि चलाई रहेको उनले जानकारी दिए ।
३-खेलाडीहरुको प्रोत्साहन :
बेल्जियममा भएका आन्तरिक तथा बाह्य नेपाली खेलाडीहरुको लागी अध्यक्ष आँफै सहभागी भएर खेलाडीहरुलाई आर्थिक, नैतिक र भौतिक रुपमा प्रोत्साहित गरेको समेत देखिएको छ ।

४-पूर्वाधार बिकास :

त्यस्तै लन्डनमा भएको गैह्र आबासिय नेपाली संघ पूर्वाधार बिकास कोष स्थापना सम्बन्धि अन्तराष्ट्रिय बिचार गोष्ठीमा बेल्जियमको तर्फबाट भाग लिंदै सक्रिय सहभागिता देखाएको उनले जनाए । उनका अनुसार यो सहभागिता नेपालको लागि लगानी कोषको स्थापनामा एक महत्वपूर्ण र दीर्घकालिक महत्वको रहेको थियो ।

५-बिशिष्ट अन्तरक्रियाको आयोजना :

एनआरएनएलाई श्रमिकमैत्री बनाउने प्रश्न संसारभरिका नेपाली श्रमिकहरुले उठाइरहेको र उठाउनुपर्ने महत्वपुर्ण प्रश्न हो । यसको हल खोज्नु र त्यो दिशामा एनआरएनलाई लैजानु पर्ने दायित्व हामी सबैको हो’ भन्दै एनआरएनए बेल्जियमका अध्यक्ष दाहालले पुष १२ अर्थात २६ डिसेम्बरमा आयोजित एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका थिए । उक्त अन्तरक्रियामा नेपालबाट युरोपमा बसोवास गरेर बसिरहेका गैरआवासिय नेपालीहरुलाई नेपालको विकास र समृद्धिमा कसरी सहभागि गराउने भन्ने विषयमा समेत ब्यापक छलफल भएको थियो । त्यस्तै कार्यक्रममा नेपालबाट उच्चस्तरिय सरकारी टोलीको नेतृत्व गरेका सहसचिव कृष्णप्रसाद ढकालले गैरआवासिय नेपाली संघले गरिरहेका काम र प्रयासहरूबारे आफू सन्तुष्ट रहेको बताउँदै आगामी दिनमा पनि यो संस्थाको आफू र नेपाल सकारका संयन्त्रहरु सहयोगी रहने कुरा स्पष्ट पारेका थिए । त्यहाँ डायस्पोराभरि रहेका नेपालीहरुले भोगिरहेका अनगिन्ति समस्या तथा समाधानका विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो । नेपालमा लगानीको सुरक्षित वातवरण निर्माण गर्न पनि सहभागिहरुले सहसचिवमार्फत नेपाल सरकारलाई आग्रह गरिएको त्यो अन्तरक्रिया बिशेष महत्वको रहेको उनको तर्क थियो ।

६–अन्तराष्ट्रिय मेलामार्फत पर्यटन जागरण अभियान :

गत जनवरी २५ बाट शुरु भएर २८ सम्म र फेब्रुअरी १ देखि ४ फेब्रुअरी आइतबारसम्म बेल्जियमकै राजधानी ब्रसेल्समा सम्पन्न अन्तराष्ट्रिय पर्यटन मेला सम्पन्न भएको सर्वबिदितै छ । एक मेलाका सहयोगी बेल्जिक रोजर द ग्रुनले भने, ‘उक्तमेलामा नेपाली दूतावासको आयोजना र गैरआवासीय नेपाली संघ बेल्जियमको सहयोगमा एक प्रदर्शनी कक्ष बनाएर नेपालको पर्यटनसम्बन्धी जानकारी दिइएको थियो । त्यो मेलामा निरन्तर आठ दिनसम्म ब्यबस्थापन देखि प्रचार प्रसारमा खट्नु सामान्य कुरा हैन ।’ त्यो समेत गहन उत्तरदायित्व बोध र कर्तब्यनिष्ठता सहित पुरा गरिएको भन्दै अध्यक्ष दाहालले त्यसमा सहयोगीको भूमिका निर्वाहा गर्ने सम्पूर्णलाई धन्यबाद दिन बिर्सिएनन् ।
यति छोटो अबधिमा गरिएका यी कार्यक्रम र अभियानहरुबाट सबैलाई आशाबादी हुन समेत उनले आग्रह गरेका छन ।

Promoting Nepal Tourism during Brussel Holiday Fair 2018. Vakantiesalon Brussel 2018 मा बेल्जियनहरुको नेपालको पर्यटन प्रतिको बढ्दो रुचि र जिज्ञासा | बेल्जियनहरु लाई नेपाल घुम्न जानको लागि प्रेरित गर्ने पूर्ण रुपमा सफल कार्यक्रम | नेपाली राजदुतावास ब्रुस्सेल्सको , एन आर एन बेल्जियम, बि एन एफ आ र बेल्जियम स्थित विभिन्न संघसस्थाहरुको सुमधुर सहकार्यमा Vakantie Salon Brussel २०१८ मा नेपालको पर्यटन सम्मन्धि आकर्षक र रोचक जानकारीहरु प्रदान गरियो| More info about NepalNepal Embassy Brussel: http://be.nepalembassy.gov.np/Nepal Tourism Board,: https://www.welcomenepal.com BNFA( Belgium Nepal Friendship Association): http://bnfa.net/NNRN Belgium: https://be.nrna.org/

Posted by Rajendra Rasaily on Wednesday, February 7, 2018

भावी योजना तथा कार्यक्रम :

गैह्र आबासिय नेपाली संघले आफ्नो पक्षमा नीतिगत सुधारका लागि सरकारमा दिएका सुझावहरुको कति कार्यान्वयन भए कति भएनन्, ति आफ्ना ठाउमा होलान् । एनआरएनए नेतृत्व नेपालको राज्य संयन्त्रसंग निरन्तर सम्पर्कमा रहेर सक्दो लबिङ्ग गरिरहेको उनले बताए । उनले भाबि योजनाको फेहरिस्त पल्टाउदै भने ‘आर्थिक कुटनीति तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा बेल्जियमको एनआरएनए दूताबासको सहायक भएर आएको छ । यो अर्को गौरबको कुरा हो । सामाजिक, आर्थिक तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा भएको पहललाई तत्काल परिणाममुखी बनाउन एनआरएनले आगामी बर्ष विश्व लगानी संघसंगको सहकार्यमा काठमाडौंमा नेपाल लगानी सम्मेलन आयोजना गर्ने, दातृ निकायहरुको सहयोगमा नेपालमा लगानी तथा व्यापार प्रवद्र्धन इकाई स्थापना गर्ने, आगामी वर्षहरुमा अन्तरास्ट्रिय ब्यापारी र उद्योगीसंग मिलेर व्यापारिक मेलाहरुको आयोजना गर्ने, दातृ निकायहरुको समेत सहयोगमा रोजगार प्रवद्र्धनका लागि व्यवसायमा महिला सहभागिता एवं सशक्तिकरण विषयक कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको छ । र त्यसको लागि एनआरएन ग्लोबल फोर्सको अगुवाइमा बेल्जियमले समेत सक्रियता देखाउनु पर्ने र पहल गरिने छ ।’

थप लक्ष्यमा एनआरएन सदस्यहरुको सशक्तिकरण एवं क्षमता विकासगरी मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सृजनामा सहयोग गर्ने सोचलाई उन्नत स्तरमा प्रयोग गर्न सकिने बताउछन उनी । यसका लागि संघले मुलुकभित्र सीप विकास, मानव संशाधन विकास, स्थानीय तहमा विप्रेषणलाई उद्यमशीलतासंग जोडेर कार्य गर्न नेपाल सरकारसंग सहकार्य गर्नु जरुरी रहेको उनको भनाई छ । त्यसैगरी एनआरएन ए सदस्यहरुले स्थानीय तहमा भोग्नुपरेका समस्याहरुलाई संकलन गरी तिनीहरुको समाधानमा आवश्यक पहल गर्ने उद्देश्यले मेम्बर्स हेल्पिङ डेस्कको स्थापना गर्न जरुरी रहेको उनले बताए ।

सहयोग गर्नेको भन्दा आलोचना गर्नेको भिड बढी भएको बेल्जियममा एनआरएनएका अध्यक्षको यो महत्वाकांक्षी लक्ष्य पुरा हुन पाउला त ? उनको सबै काम सस्तो लोकप्रियताका लागि होू भन्ने आलोचकहरुको बीच चुनाबी भोटबाट आए पनि काम गरेर आउन त्यति सहज छैन । तर ठूलो कुरा आत्माबल हो , के भन्न सकिन्छ र ! धेरैको सुभेच्छा छ उनले एनआरएनए मार्फत नेपाल र नेपालीको लागि प्रेरणादाई नेतृत्व दिन सकुन !-संसारन्युजबाट

Loading...

Related News

एनआएनएले पररास्ट्रमन्त्री ज्ञवालीलाई जुलाई २७ मा बेल्जीयममा सम्मान गर्ने

बेल्जीयम, ९ साउन । गैर आवासिय नेपाली संघ बेल्जीयमले पररास्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई बेल्जीयममा स्वागत तथा सम्मान गर्ने भएको छ ।…

नेपाल महोत्सवसहित यसरी मनाईँदैछ बेल्जीयममा नयाँ वर्ष २०७५

काठमाडौं, ३० चैत । यहि १४ अप्रिल २०१८ का दिन नेपाली नयाँवर्ष तथा नेपाल महोत्सव कार्यक्रम बेल्जियमको केन्द्र लुभेनमा सम्पन्न…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी