जनपद प्रहरीको इन्स्पेक्टर छनौटमा धाँधली र चलखेल, लिखित परिक्षामा सफलहरु आउट, असफलहरु छनौटमा

206 Hits

काठमाडौं, २४ माघ ।
नेपाल प्रहरी जनपदको प्रहरी निरीक्षकको छनौटमा धाँधली गरिएको फेला परेको छ । प्रहरी प्रधान कार्यालयको आव्हानमा लोकसेवा आयोगले लिएको लिखीत परिक्षामा सफल भउका उम्मेदवारहरुलाई हटाई अन्य उम्मेदवारहरुलाई छनौट गरिएपछि यस्तो चलखेल र धाँधलीको पर्दाफास भएको हो । लिखीत परिक्षाको नतीजालाई कत्ति पनि आधार नबनाई शारिरीक तन्दुरुस्तीको आधारमा मात्रै छनौट गरिएको आरोप पीडितहरुको छ ।
प्रहरी प्रधान कार्यालयले २०७४ साउन ३१ गते सूचना आव्हान गरी प्रहरी निरीक्षकको लािग खुल्ला आवेदन माग गरेको थियो । उक्त विज्ञापन अनुसार योग्य नागरिकहरुले प्रहरी निरीक्षकको लागि आवेदन प्रस्तुत गरेपछि लोकसेवा आयोगले २०७४ कात्तिक २४ देखि २७ सम्म लिखित परिक्षा लिएको थियो । लोक सेवा आयोगले लिएको लिखीत परिक्षाको नतिजामा सफल भएका उम्मेदवारहरु अन्तिम छनौटमा परेका छैनन् ।
लोकसेवा आयोगले खुल्ला २ र आदिवासी जनजातीबाट १ गरी ३ जनाको लागि लिइएको परिक्षामा ६४ जनाले परिक्षामा सहभागि भएको र खुल्ला तर्फ ७ र आदिवासी जनजाती तर्फ ३ गरी १० जनामात्र उत्तिर्ण हुन सफल भएको सार्वजनीक गरेको थियो ।
लोकसेवा आयोगको नतिजामा क्रमशः अजयकुमार जैशवाल, डिकेशकुमार श्रेष्ठ, निरोज घिमिरे, प्रमोदकुमार यादव, मनहरी डंगोल, रमेशकुमार शाह, विशाल चौलागाई, सञ्जोग जवेगु सुव्वा, सिरोज महतो र सुवर्ण वस्ताकोटीको नाम सफल १० उम्मेदवारको रुपमा रहेको छ ।
प्रहरी प्रधान कार्यलयले उक्त लिखीत परिक्षामा सफल भएका उम्मेदवारहरुलाई शारिरीक तन्दुरुस्तीको आधारमा हटाएको बताएको छ । लिखीत परिक्षामा प्राप्त प्राप्तांक र शारिरीक तन्दुरुस्तीको प्राप्तांकको आधारमा अन्तिम छनौट गरिएको प्रहरी प्रधान कार्यलयको सूचनामा उल्लेख छ ।


सूचनामा लोकसेवा आयोगबाट लिइएको लिखीत परिक्षामा प्राप्त प्राप्तांक र शारिरीक तन्दुरुस्तीबाट प्राप्त प्राप्तांकको आधारबाट उत्तिर्ण भएका उम्मेदवारहरुलाई तालिमको लागि भन्दै स्वास्थ्य परिक्षण गर्नको लागि आव्हान गरिएको छ । उसले छनौटमा परेका भनेर घोषणा गरेका नामहरु लेकसेवाको सफल सूचीमा भेंिदैनन् । उसले क्रमश सन्तोष राई, रोहीत कुमार शर्मा, जयन्ती थापा र राजू प्रसाद कुर्मीलाई प्रहरी निरीक्षकको रुपमा अन्तिम छनौट भएको सूचनामा उल्लेख गर्दै तालिम तथा स्वास्थ्य परिक्षणको लागि बोलाएको छ ।
हेर्नुहोस सूचना


यस अघि लोक सेवा आयोगले २०७४ माघ ११ गते लिखीत परिक्षामा सफल १० उम्मेदवारहरुको नाम सार्वजनीक गरिसकेको थियो । लोक सेवा आयोगको लिखीत परिक्षामा सफल भएकाहरु प्रहरी प्रधान कार्यालयले अन्तिम छनौट नतिजा प्रकाशन गर्दा परेका छैनन् । प्रहरी प्रधान कार्यलयले सार्वजनीक गरेको अन्तिम छनौट नतिजामा परेका भनिएका ५ जना नै लिखीत परिक्षाको सफल सूचीको क्रम संख्या १० सम्ममा देखिंदैनन् ।
हेर्नुहोस लोक सेवा आयोगको परिक्षाफल

Loading...

Related News

डा. दुर्गा थापा बनीन् प्रहरीको पहिलो महिला एआइजि

काठमाडौं, २७ कात्तिक नेपाल प्रहरीकी एक उच्च अधिकृत पहिलो महिला एआइजी सफल भएकी छिन् । प्राविधिकतर्फ प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत…

सिन्धुपाल्चोकका सबै प्रहरी चौकी पालबाट सुविधासम्पन्न भवनमा

सिन्धुपाल्चोक, २१ कात्तिक । भुकम्पले क्षतीग्रस्त भएका सिन्धुपाल्चोकका प्रहरी चौकीहरु अब सुविधासम्पन्न भवनमा स्थानान्तरण भएका छन् । विनाशकारी भूकम्पमा कार्यालयहरु…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी