काभ्रेका दुई मृगौला पीडितलाई जन प्रगतिशील मञ्च युएईको आर्थिक सहयोग

166 Hits

काठमाडौ- दुबै मृगौलाले काम गर्न छोडेपछि उपचार अभावमा मृत्युसँग लडिरहेका काभ्रेका दुई मृगौला पीडितलाई जन प्रगतिशील मञ्च युएईले आर्थिक सहयोग गरेको छ । काभ्रे तिमाल गाउँपालिका -१ सिम भञ्ज्याङ् निवासी हिमाल तामाङ र सोही गाउँपालिका वडा न -९ चोपटारका भोज कुमार तामाङलाई मञ्च युएईले सहयोग रकम हस्तान्तरण गरेको हो ।

नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला इन्चार्ज लालध्वज तामाङ, अर्का नेता छिन्ताङ तामाङ,सांसद रत्न ढकाल तथा युवा नेता मिलन लामालगायतको उपस्थितिमा जिल्ला पार्टी कार्यालय बनेपाबाट पीडित हिमाल सिङ तामाङ लाई ४० हजार रुपैया तथा जन प्रगतिशील मञ्च युएईका प्रवक्ता अनिस तामाङ र माओवादी केन्द्रका नेता मिलन लामाको उपस्थितिमा अर्का पीडित भोज कुमार तामाङलाई काठमाडौस्थित उनकै डेरामा पुगि ४० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको मञ्च युएईका प्रवक्ता तामाङले खबरडबलीलार्इ जानकारी दिएका छन ।

लामो समयदेखि मजदुर हक हितका लागि लड्दै आएको मञ्चले स्वदेश तथा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दारसँगै गम्भीर प्रकृतिका रोग लागि उपचार अभावमा जीवन बिताउदै आएकाहरुको लागि आर्थिक सहयोग समेत गर्दै आएको छ ।

Loading...

Related News

युएईकाेे अाबुधाबीमा १ सय ५० नेपाली अलपत्र, बिरामीले उपचारसमेत पाएनन्

काठमाडौं, २६ पुस- परिवारकाे लालन पालन र अाफ्नाे सुन्दर भविष्यकाे खाेजिमा भाैतारिँदै बैदेशिक राेजगनरीकाे सिलसिलामा यूएईको आबुधाबी पुगेका १ सय…

ओमन बेच्न लाने तयारी गरिरहेको अबस्थामा ९ महिलाको एनआरएन युएईको पहलमा उद्धार

युएइ, २ फागुन । अवैधानिक बाटो हुँदै युएई आएर अलपत्र परेका नेपाली महिलाहरुलाई एनआरएन युएईको पहलमा उद्दार गरी नेपाल पठाइएको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी