सामुहिक बलात्कारलाई ढाकछोप गरेको भन्दै एसपी माझीलाई निलम्वन गर्न पत्राचार

71 Hits

काठमाडौं, २३ माघ-

प्रहरी प्रमुख एसपी विद्यानन्द माझीलाई निलम्वन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्राचार गरेको छ।

पुस १६ गते सुनसरीको इटहरी-२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया बालिकामाथि भएको सामुहिक बलात्कारलाई ढाकछोप गरेको भन्दै उनलाई निलम्बनको तयारी गरेको बताइएको छ ।

पीडित पक्षको जाहेरी लिन नमानेको र उल्टै अभियुक्तसँग मिलेर पीडितलाई मिलापत्र गराएपछि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गर्न गृहमा पत्राचार गरेको हो ।

इटहरीको रोयल रिसोर्टमा अंग्रेजी नयाँ वर्षको दिन भएको वलात्कार प्रकरणलाई लिएर विवादमा आएका सुनसरीका प्रहरी उपरिक्षक विध्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई प्रहरी हेडक्वाटरले काठमाण्डौ तानेको हो ।
उनिहरु दुवैलाई सो वलात्कार प्रकरणका विषयमा छानविन गर्न गठित प्रादेशिक प्रहरीको छानविन समितिले दोषी रहेको प्रारम्भिक निष्कर्ष निकालेपछि प्रहरी हेडक्वाटरले काठमाण्डौं झिकाएको हो ।
प्रकरणमा सहभागि मानिएका अर्का ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीकक्षक भिम वहादुर खत्रीलाई भने प्रादेशिक प्रहरी कार्यालय मातहतको विराटनगर स्थित गणमा झिकाईएको प्रहरी स्रोतले वताएको छ ।
प्रहरी हेडक्वाटर वोलाईएका माझि र दाहाललाई निलम्वन गरेर कारवाहि अघि वढाउन भन्दै प्रहरी हेडक्वाटरले गृह मन्त्रालयमा सिफारीस समेत गरेको प्रहरी उच्च स्रोतले जानकारी गराएको छ ।
कारवाहिको सिफारीस गरिएका दुवैका विषयमा यो समाचार तयार पार्दा सम्म कारवाहिको निर्णय भएको छैन भने विराटनगर तानिएका सई खत्रिलाई समेत कुनै कारवाहि भएको छैन ।

Related News

Comments are closed