राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

59 Hits

काठमाडौं, २३ माघ ।

निर्वाचन आयोगले भोलि हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगले निर्वाचनको मतपत्र सम्बन्धित स्थानमा पठाइसकेको जनाउँदै बुधवारको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने समेत जनाएको छ । प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ सदस्य निर्वा्चित हुनेछन् । निर्वाचनमा देशभरका राष्ट्रिय सभाका सदस्य, गाउँपालिकाका प्रमुख, उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २ हजार ५६ जना मतदाताले मतदान गर्नेछन् भने १ हजार ५ सय ५ जना स्थानीय निकायका प्रमुख–उपप्रमुख र ५ सय ५० जना प्रदेशसभाका सांसद मतदाता छन् ।

एकल सङ्क्रमणीय निर्वाचन प्रणाालीमार्फत हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सांसदको मतभार ४८ र स्थानीय निकायका प्रमुख र उपप्रमुखको मतभार १८ हुने तय गरेको छ । यही मतभारका आधारमा हरेक प्रदेशबाट ८ जना सदस्य राष्ट्रियसभाका लागि चुनिनेछन् । राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ ।

राष्ट्रियसभाका ३ जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्पष्ट बहुमत ल्याएको वाम गठबन्धनले यो निर्वाचनमा पनि ५६ सिटमध्ये ४२ सिट जित्ने दाबी गरेको छ । बाँकी सिटमा काँग्रेस र मधेसवादीदलले जित्ने अनुमान छ । आयोगले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दललाई आग्रह समेत गरेको छ ।

Loading...

Related News

राष्ट्रपति निर्वाचनमा आचारसंहिता, क–कसलाई लागू हुन्छ ?

काठमाडौं, २४ फागुन । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू गरेको छ। आगामी २९ फागुनमा नयाँ राष्ट्रिपतिको निर्वाचन…

बाम गठबन्धका विरुद्ध यस्तो भन्यो निर्वाचन आयोगले

काठमाडौं, २० पुस । बाम गठबन्धनले निर्वाचन आयोगले समानुपातिक निर्वाचनको परिणाम घोषणामा ढिलाई गरेको भन्दे विरोध जनाएपछि निर्वाचन आयोगले उत्त…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी