प्रकास तिवारीको सामाजिक उपन्यास ‘निलोफर’ सार्वजनीक

219 Hits

काठमाडौं, माघ/ –
उपन्यासको दुनियाँमा एउटा अर्को सामाजिक उपन्यास निलोफर बजारमा आएको छ । उपन्यासकार प्रकास तिवारीद्वारा लिखीत उपन्यास एक कार्यक्रमका बीच राजधानीमा लोकार्पण गरिएको छ । उपन्यास समाज नेपालको आयोजनामा सम्पन्न उपन्यास विमोचन कार्यक्रममा अधिकांश पुराना र नयाँ उपन्यासकारहरुको उपस्थिति रहेको थियो ।
राजधानीको विनायो क्याफेमा अयोजित कार्यक्रममा आख्यानकार माया ठकूरी, पुर्व प्राज्ञ डा बेन्जु शर्मा, समालोचक डा. ज्ञानु पाण्डे र डा. तारालाल श्रेष्ठले डिकुरा प्रकाशन द्वारा प्रकाशीत उक्त उपन्यासको विमोचन गरेका थिए । उपन्यासमाथि टिप्पणी गर्दै युवा समालोचक डा. तारालाल श्रेष्ठले उपन्यासले दविएका, थिचिएका र समाजबाट वहिस्कृत गरिएकाहरुको पक्षमा सामाजिक जागरण ल्याउन कोशीस गरेको बताए ।

उनले उन्यासलाई भुमण्डलीकृत समयमा समाजको नकारात्मक पक्षको रुपान्तरणका लागि उपयोगी भएको बताए । उनले उपन्यास लेखक पुरुष भएर पनि महिलाको भावना प्रेमील ढंगले उजागर गर्न सफल भएको, हिन्दु सामन्तवादको नायकका रुपमा रहेको विकृतिको उजागर गर्न सफल रहेको तथा वैदेशिक रोजगारीको कारण उत्पन्न भएका पारिवारिक र सामाजिक विकृतिहरुको पहिचान गरी समाधान पहिल्याउन भुमिका खेल्ने उपन्यास भएको बताए ।
त्यसैगरी अर्का समालोचक तथा टिप्पणीकार डा ज्ञानु पाण्डेले उपन्यासले पाठकलाई अकर्षण गर्ने क्षमता राखेको बताउँदै बहुकोणीय अध्ययनको माग गर्ने उपन्यास भएको बताईन् । उनका अनुसार उपन्यासले बाल मनोविज्ञान, पुरुष मनोविज्ञान, युवा मनोविज्ञान, नारी मनोविज्ञान, धार्मिक मनोविज्ञान र सामाजिक आर्थिक मनोविज्ञानलाई समेत समेटेको तथा तयसभित्रका समस्या र समाधानको उपायको समेत खोजी गरेको छ । उनले लेखक तिवारीको प्रशंसा गर्दै लेखकले राखेको आख्यानप्रतिको मान्यतालाई आफैंले लेखेको उपन्यासमा लागु गर्न सक्नु महानता भएको बताइन् ।
कार्यक्रममा प्रमूख अतिथिको रुपमा सहभागि आख्यानकार माया ठकूरी, पुर्व पज्ञ डा. बेन्जु शर्मा, लघु कथा समाजका अध्यक्ष श्रीओम रोदन श्रेष्ठ, चिती समाजका अध्यक्ष गोविन्द बाबु तिवारी, डिकुरा पव्लिकेशनका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले उपन्यासको सफलताको शुभकामना दिंदै उपन्यासले उठाएको विषयबस्तुले समाज रुपान्तरणमा भुमिका खेल्ने बताएका थिए ।
उपन्यास समाजका अध्यक्ष शंकर भारतीको अध्यक्षता र तुलसीहरी भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य राख्दै उपन्यासले बाँच्ने वतावरण पैदा नभएसम्म प्रतिभाहरु प्रष्फुटन हुन समस्या हुने बताए ।
उपन्यासका सर्जक प्रकाश तिवारीले आफैंले देखेको भोगेको र अनुभुत गरेका विषयहरुलार्य लिएर उपन्यास लेखेको बताउँदै राज्यमा रोजगारी नपाएर भौतरिंदै विदेश हानिनुपर्ने युवाहरुको बाध्यतालाई अन्त्य गर्न राज्य जिम्मेवार हुनुपर्ने बताए । उनले पत्रकारिता गर्ने मूलधारमा मिडियाहरुले कुनामा परेका र उजागर हुन नसकेका प्रतिभा र सामग्रीहरुलाई स्थान दिनुपर्ने तर्क गरे ।

लमजुङ्ग जिल्लाको चिती घर भएका तिवारीले लमजुङ्ग, तनहुँ, काठमाडौं र विदेश मुख्य गरेर खाडिक्षेत्रमा रहेका नेपालीहरुको भावना र कथालाई समेटेर उपन्यास तयार गरेका हुन् । उपन्यासकार तिवारीको यो दोश्रो उपन्यास हो । यस अघि उनले परित्यक्त नामक चर्चित उपन्यास बजारमा ल्याईसकेका छन् । नया उपन्यास निलोफरमा समुन्द्र झै शान्त नारीहरुमाथि अत्याचार भएमा कसरी निलोफर झैं विद्रोही बन्छन् भन्ने विषय प्रस्तुत गरिएको लेखक बताउँछन् ।

Related News

९ वर्षका छोराले दिए ४१ वर्षीय पीतालाई दागवत्ति, पुरै गाउँ शोकमा

लमजुँग, बैसाख- ९ वर्षको वालकलाई आफ्नै बुबाको मुखमा दागवत्ति दिएर जलाउनु पर्दा कस्तो हुन्छ होला ? यस्तै भयो लमजुँगमा ।…

अरुण तेस्रो आयोजनामा बम विस्फोट, भवनमा क्षति

संखुवासभा– अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । गएराति करिब १२ बजे…

Comments are closed