स्वराज नेपाल भ्रमण आएर अविश्वास हटयो : ज्ञवाली

81 Hits

काठमाडौं, २२ माघ ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले अविश्वासहरु हटेको दावी गरेका छन् । ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने खुलासा गरेका छन्।

नेता ज्ञवालीले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गर्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल भ्रमणमा आउने बताए।

स्वराजको नेपाल भ्रमणअघि नै एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको टेलिफोन वार्तामा दुवै पक्षले एक–अर्कालाई भ्रमणको निम्तो दिएकोले सोही अनुसार मोदी नेपाल आउने ज्ञवालीले बताए।

‘जसरी मोदीले ओलीलाई दुईपटक फोन गर्नुभयो, उहाँ स्वराज नेपाल भ्रमण आएर अविश्वास हटाउनुभयो,’ ज्ञवालीले भने।

ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको भ्रमण रोकिएको स्मरण गराउँदै नेपाल भ्रमणको निम्तो दिएको पनि ज्ञवालीले बताए। नेपाल–भारत द्वीपक्षीय सम्बन्ध सुधार भएको उनको विश्वास छ। ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा भएको अविश्वास हटेको दाबी गरेका हुन्।

स्वराजको भ्रमण भारत सरकारको रुचिअनुसार भएको दाबी गर्दै ज्ञवालीले अनावश्यक टिकाटिप्पणी गर्न उचित नभएको जिकिर गरे।

‘वामपन्थीको बहुमत आएकोमा बधाई दिँदै नयाँ सरकार गठनपछि सहकार्य गरौं भन्नका लागि स्वराज आउनुभएको हो। नयाँ सरकारसँग सहकार्य गर्नका लागि वातावरण बनोस् भन्ने भारतको चाहना हो,’ ज्ञवालीले भने।

विगतमा नेपालमा नयाँ सरकार बन्ने बेलामा नेपालकै नेताहरु भारत दौडिने गरेकोमा अहिले भारतका मन्त्री नेपाल आउनु सकारात्मक भएको उनले बताए।

‘पहिला पहिला नेपालमा सरकार बन्ने बेला नेपालका नेताहरु दौडेर भारत जाने परम्परा थियो । यो गलत परम्परा तोडिएको छ,’ ज्ञवालीले भने ।

Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माओवादी-एमाले एकतापछिको पार्टीमा को-को पर्दैछन केन्द्रीय समितिमा ?

काठमाडौं, ३ जेठ । आज एकताको घोषणा गर्ने तयारीमा रहेका नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा माओवादी केन्द्र र नेकपा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी