ब्लड क्यान्सर पीडित शहीदपुत्र बचाउन उपराष्ट्रपति पुत्र दिपेशको अपील

474 Hits

काठमाडौं, २१ माघ ।
सत्तामा पुगेपछि अरु सबैलाई विर्सन्छन् भन्ने उखान उपराष्ट्रपति नन्दबहादुर पुन का पुत्र दिपेश पुनले मेटाइदिएका छन् । उपराष्ट्रपति पुत्र दिपेश पुनले विभिन्न समाजसेवा र उद्धारमात्रै होइन निरन्तर जनयुद्धमा बगेको रगतको सम्मानार्थ अभियान नै चलाएका छन् । त्यसैगरी आज अखिल क्रान्तिकारी का केन्द्रीय उपाध्यक्ष समेत रहेका  पुनले एक शहीद पुत्रको जिवन रक्षको अपील गर्दे अभियान शुरु गरेका छन् । रोल्पामा जनयुद्धको क्रममा शहादत प्राप्त गरेका माडी गाउँपालिका–५, भाबाङ रोल्पाका जनयुद्धका सहिद पुत्र २९ वर्षीय सन्तोष बुढामगरलाइ क्यान्सर जस्तो प्राण घातक रोगबाट बचाउन उनले अपील जारी गरेका हुन् ।

सन्तोष क्यान्सरबाट पीडित भई उपचारको क्रममा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा जिवन मरणको संघर्षमा छन् । उनलार्य बचाउन आफूले २० हजार नगद सहित अभियान शुरु गरेको दिपेशले बताएका छन् । सन्तोषले जनयुद्धमा बुबा गुमाए, पोहोर मृगौला बाट श्रीमती पीडित भइन, अहिले साथमा भएको एक छोराको भविष्य उज्जल बनाउन विदेश गएका सन्तोष ब्लड क्यान्सरले थलिएका छन् ।

सन्तोषको उपचारका लागि सहयोग जुटाउन माडी–५, भाबाङ वडापालिकाको पहलमा रोल्पा लिबाङ स्थित ग्लोबल आईएई बैंकमा उनको जेठान अमृतबहादुर घर्तीको नाममा खाता खोलीएको र उक्त खाता ३३०९०१११५०२७२ नं मा सिधै सहयोग जम्मा गर्न सकिने पुनले बताएका छन् ।

तपाईपनि सन्तोषको उपचारमा सहयोग गर्न चाहनुहुन्छ भने उत्त खातामा रकम जम्मा गरी सहयोग गर्नुहोस । सेवा नै धर्म हो ।

दिपेशको अपील यस्तो छ ।


ब्लड क्यान्सर पीडित सहिद पुत्रलाई सहयोग गर्न अपील / माडी गाउँपालिका–५, भाबाङ रोल्पाका जनयुद्धका सहिद पुत्र २९ वर्षीय सन्तोष बुढामगर ब्लड क्यान्सरबाट पीडित बनेका छन् । जनयुद्धमा बुवा गुमाएका सन्तोषका जीवन संगिनीको गतवर्ष एउटा मृगौला गुम्यो । आमा, मृगौला पीडित श्रीमति र एक छोराको उज्यालो भविष्यका लागि वैदेशिक रोजगारीमा गएका सन्तोष ब्लड क्यान्सर भएपछि अहिले उनको एउटा मात्रै सपना छ, ‘बाँच्ने ।’ उनका बाँकी सपना पूरा गर्न सन्तोष सबैभन्दा पहिले बाँच्नुपर्छ ।

६ महिना अस्पतालमा बसेर उपचार गर्नुपर्ने, ७ वटा किमो लगाउनुपर्ने र एउटा किमको २ लाख पर्ने हुँदा उनको उपचारका लागि २० लाख भन्दा बढी लाग्ने डाक्टरले सन्तोषको परिवारलाई सुझाएका छन् । तर, अघिल्लो वर्ष श्रीमतिको उपचारमा ५ लाख खर्चेका सहिद पुत्र सन्तोषसँग अहिले ऋण बाहेक केहीं छैन । परिवर्तनकारी आन्दोलनमा जीवन गुमाएका सहिद पुत्र सन्तोषको उपचारका लागि तपाईं हामी सबैले सक्दो आर्थिक सहयोग गरौँ ।

मेरो व्यक्तिगत तर्फबाट पनि रु २०,००० दिएको छु। सेवा नै धर्म हो । सन्तोषको उपचारका लागि सहयोग जुटाउन माडी–५, भाबाङ वडापालिकाको पहलमा रोल्पा लिबाङ स्थित ग्लोबल आईएई बैंकमा उनको जेठान अमृतबहादुर घर्तीको नाममा खोलिएको ३३०९०१११५०२७२ नंको खातामा सिधै सहयोग जम्मा गर्न सकिनेछ।
सहिद पुत्रको जीवन रक्षाका लागि
दिपेश पुन
उपाध्यक्ष अखिल(क्रान्तिकारी)केन्द्रिय समिति

Loading...

Related News

उपराष्ट्रपति पुत्र दिपेशले गरे सरकारलाई सघाउन अपील

काठमाडौं, ४ भदौ । उपराष्ट्रपति नन्द बहादुर पुन पासांग पुत्र एवं अखिलका विद्यार्थी नेता दिपेश पुनले सरकारलाई हर तरहले सहयोग…

विद्यार्थी नेता दिपेश पुनले गरे दिलबहादुरलाई बचाउन अभियानको नेतृत्व, को हुन् दिलबहादुर ?

काठमाडौं, २६ बैसाख । पटक पटक सामाजिक सेवामा लागेर चर्चित बनेका उपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दिपेश पुनले अर्को एउटा यस्तै…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी