साइमुन्द्री चोरहरु र गोठे खाजा

183 Hits

-भरत मरहट्टा-

स्कुलमा हाफछुट्टिका बेला भन्ज्यांगका पसलमा देखिनी गरेका चिउरातरकारीको गन्धले यति मन्ध गतिमा दिन-दिनै मन लोभ्याएको हुन्थ्यो कि त्यसको सिमा नाघेर माघे जाडोको रातमा १० देखि १२ उमेर समूहका हामी बालखाहरुलाई एककट्ठा गरायो “खाजा” खाने निहुमा l सबैले नाक बजाएर घरमा आमासंग गनगन गरेसी १ माना चामल, २/४ ढिका नुन, अलि-अलि अदुआ, लसुन, बेसार, घिउ उठाएसी जुरीगो सा*आ–गा! पैसो नै उठाउनु नपर्नि आजकालको भन्दा पृथक पिकनिक!!

सधै मन लोभ्याएर चुनौती दिरहने “चिउरातरकारी” पेटभरि खानु थियो l त्यसैले चामलसंग चिउरा साट्न रातमा ढुन्मुन्टीदै भोर्ले “गुने” साहुकहाँ पुग्दा उनले ढीप्रि निभाई सकेका रहेछन l ढिकीमा फलेको लोकल चामलसंग भुसै सहित झुत्तिएको अमिलो चिउरा सरि साट्न पाउदा फुरुक्क हुदै जुरुक्क उठी गए नि बाजे l पसलेसंग कुरा गर्न राजु सारै बाठो… “बा! हजुर दानी! हजुरकै पसलमा ल्याको नि मैले!” आदि इत्यादी भनेर साहु बालाई चिप्लो के घस्दयाथ्यो “केटकेटि मोराहरुलाई” भन्दै ५ मुठी चिउरा बढी नै हाल्दिए बाजेले… हामी त झन् त्यसै मक्ख!

ढोडको उज्यालोले अधेरो गौडा-गल्फु छिचोल्दै जुनको टहकमा उफ्रिदै, रमाउदै अर्खलेको गोठमा पुग्यौ l कान्ला मुनिको गरोमा भकारी ओडाएर बनाएको गोठको भित्र मान्छे सुत्ने टाड र नजिकै ठेकी, गौवा, भदालो झुन्ड्याईको किलामा बाधिएको बाछी चलमलाउदा उसको गर्धनको घन्टी टिन-टिन अवाज दिन्थ्यो l नजिकैको छाप्रोमा गाई, भैसी र गोरु माघे जाडोमा पराल चपाईरहदा चिलाउनेको लामो र ठुलो मुढोमा हामी कोहि ढाड त कोहि हात सेकाई रहेका थियौ l त्यहि तातोसंगै योजना बन्न सुरु भो l

सबैले नाक बजाएर घरमा आमासंग गनगन गरेसी १ माना चामल, २/४ ढिका नुन, अलि-अलि अदुआ, लसुन, बेसार, घिउ उठाएसी जुरीगो

चिउराको व्यवस्था भएसी घर-घरबाट ल्याइएको १/२ गेडा आलु र २/४ मुठा सागले हाम्रो तरकारी खानी धित पक्कै नमर्नि निस्कर्ष निस्कियो l रात गाढा हुदै जादा, सबै सुतेका बेला, गाउबाट तरकारी नाचोरे के नै पो अर्को उपाय थियो र ! गफ अझ गहन हुदै गयो l कसको घरमा के-के छ; को जानी चोर्नलाई!! सधै झैँ गोठमा ख्याल-ख्यालमा खेलिनी “साइमुन्द्री” खेल त्यो दिन हाम्रो लागि यथार्थमा बदलियो l सिरुको त्यान्द्रा जोडेर/बटारेर मसिनो डोरी बाटी बनाईएको सानो गोलो मुन्द्री हत्केलाको उल्टो भागमा राखेर कुनै पनि औलामा छिराउन सुरु गरियो l मेरो त सुरुमै खसी गो यसै चोर परिहाले l अर्जुनेले चोरऔलोमै छिरायो “सरदार चोर” बनिगो l टंके काकाले माझी औलामै छिराए “साइ” यानिकी राजा बनि गए l गोविन्दे काकाले साहिली औलामा छिरौना सके “काजी” यानिकी “साइ”को सल्लाहकार (मन्त्रि) बनि गए l राजुले कान्छी औलामा छिराए नि चोर नै बन्नु पर्यो l राजा र मन्त्रि भएसी लक्ष्मी र ऋषि काकाको पालोनै आएन यसै चोर l राजा र मन्त्रिको बैठकले मेरै काइलाबाको बारीको मुला देखिगो l राजा र मन्त्रि गोठमा भाडा र पानीको व्यवस्था गर्नी गरेर सरदार चोरको नेतृत्वमा हामी सबैलाई हुकुम गरिगए l अब पछि लाग्नु सिवाय अरु केही थिएन l काइला बाउ कडा थिए…घर बनाउन जोहो गरेको मुला…मेरो मन त डराथ्यो… जाहेर पनी गरेको थिए मेरै बाउको बारीमा नजाम भनेर (म त जान्न पनी भनेकै थिए l) l तर साथीभाइसंगको त्यो रमाइलोमा जे परे नि परोस l ह्या भन्यो मनले l

दाइको लात्तो घुमाएर भेटि गो केटोले l गोविन्द काका अलिक जेठो…”ठुलो मान्छेले त गल्ति गर्नु हुदैनथ्यो नि” भन्दै गर्दनमा हान्दिये टोपी-सोपी भुइमा झरी गो l

दमै बाको कुइरी कुकुर्नी ज्यादैनै भुक्थी तर त्यसलाई छल्न मानबहादुर सरको संखत्रोको बोटमुनीको कान्लोमा लापिदै बाटो काट्न लाग्यौ तर पनी टाठी कुइरी संख फुक्न के छोडथी l हु..हु..हु.. भौ कि भौ गर्दै पुछार डोलौदै उकालो लाईहाली l कटवाले दमै बा खोक्न थाले तर हाइट हुइट केही गरेनन l जे होस् अर्जुनेको घरको कुकुर्नी…मालिकलाई चिनेसी चुप्प लाईहाली l जुनको टहकमा बारी नजिक पुगियो l २/४ बोट मुला उखाड़ना धेरै जना क्यार्न छिर्नु पर्थ्यो र ! अर्जुने र ऋषि काका बारी डीलको घसेटा नाघेर लापिइहाले l हामी पांग्रेहरु चै चियो गर्न घर नजिक गयौ l जोहो गरेर राखेका मुला ब्यस्किना गडेका के हुन्थे र खुकुला! कोहि उखेले कोहि भाचे बज्याहरुले l हुर्र्याएका मुला टिपेर हामी कुदयौ l साउनेपानी पधेरोमा हामी पुग्दानपुग्दै उनीहरु नि आइपुगे केही झुण्ड्यउदै, केही गन्जी भित्रै हालेर l चद्रमाको उज्यालोको टहकमा पधेरीको ठुलो ढुंगामा पखालेसी सेतो मुला उरुङ्गै देखियो l उता गोठमा बस्तुलाई कुडो ख्वाउनि ताउलो (खड्कुलो) पखालेर तयार पारेका लगेर पकाउन बेरै लागेन l एकैछिन्मा थाल-थालमा चिउरा हालियो अनि तरकारीसंग हातैले मुछेर खाइयो l चम्चा त पसलमा मात्र देखिन्थ्यो तसर्थ चम्चा मुख भित्र हुल्ने सपना अझै पूर्ण भएन l

अर्जुनेले चोरऔलोमै छिरायो “सरदार चोर” बनिगो l टंके काकाले माझी औलामै छिराए “साइ” यानिकी राजा बनि गए l गोविन्दे काकाले साहिली औलामा छिरौना सके “काजी” यानिकी “साइ”को सल्लाहकार (मन्त्रि) बनि गए l राजुले कान्छी औलामा छिराए नि चोर नै बन्नु पर्यो l

रातभरी खाको मुलाचिउरा स्कुलमा दिनभरी अनिदो आखासंगै डकारे पनि गैया-गुइया हल्ला सुनेसी ढयाउ र ट्याउ आउन नि छोडी गो नि l नया घर बनाउदै गरेका बाउले कर्मीलाई खाजा भनेर जोहो गरेका मुला नामोनिशानै नराखी उखाड़ी दियसी हामी मुलासागलाई के छोड्थे र ! चण्डीझ्वाला पक्कै छुट्यो l बस्तुलाई पानी पिलाउन हाफछुट्टिमा घर जादा ऋषि काकालाई च्याप्पै समातेर ललाई-फकाई-थर्काई गरेसी पोल खुलेकै रहेछ l अज गज्ज़ब त ऋषि काकानै हामीलाई फ़काउदै त्यहि बाटो गराएर स्कुल छुट्टि पश्चात घर लान भूमिका खेली गए नि l भोको शेर झैँ झम्टिन बसेका हामीलाई देख्नासाथ काम नै छोडेर आइगए नि l अर्जुनेको दाइ घर बनाउनि कर्मी त्यहि भाइलाई भकुर्न थाली गए l दाइको लात्तो घुमाएर भेटि गो केटोले l गोविन्द काका अलिक जेठो…”ठुलो मान्छेले त गल्ति गर्नु हुदैनथ्यो नि” भन्दै गर्दनमा हान्दिये टोपी-सोपी भुइमा झरी गो l राजु माफीको भाषामा बोल्न खोज्दै थियो उल्टै ..”तै होस् चोरको सरदार”.. भन्दै ओल्लो गालो र पल्लो गालो सेकाइदिइ हालेनी l लक्ष्मी टुलु हेर्दै थियो “यो त सोझो जस्तो लाग्थ्यो” भन्दै उसले पनि भेटिगो चड्कन चिउरा l यसै त कालो मान्छे झन् अधेरो भैहाल्यो l ति दृश्य देख्दा म त पहिला नै ओठ सेतै पल्टाईसकेको थिए l मुख ट्याप-ट्याप भैसकेको थियो l के गर्नी भाग्न नमिल्लनी! “यो त झन् आफ्नै छोरो”..भन्दै बजाई हाले नि बड्डाले l आम्ममा! मा..मा..मा ! रातो, निलो, पहेलो, हरियो…क्या रंगिन पिडा भोगियो नि!! कानको जोरमा पर्दा त अगिबाट “क्वा” र पछिबाट “प्वा” एकैचोटी आउनि रहेछ l झन् तल बिर्को नभाको भाड़ो ठामको ठाम तुरुक्क पार्दो रहेछ…इलास्टिक तन्केको कट्टु नित्रुक्क भिजाईहाल्यो l ऋषि काकाले एक चड्कन नि भेटेनन कारण उनको इमान्दारिताको कदर गरिएको होला l

घर रन्थनिदै पुग्दा आमाको आखामा उस्तै राको l रुदै थप्पड त हान्नु भो तर उहाको रुन्चे स्वरमा स्वाभिमान थियो, प्रेम थियो l भन्दै हुनुहुन्थ्यो-“म मेलोपात गएर ढुंगा बोकेर नि जाबो चिउरा तरकारी खुवाउथे नि! आज खुब पुरुषार्थ गरेर आइस?” म पनि आमासंगै रुन पुगे…अति नै गला अड्कियो र आमलाई अमलो हालेरै रुदै प्रदिबद्धता जाहेर गरे —” भो आमा! म अबदेखि कहिल्यै चोर्दिन l हाउछुट्टिमा पनि त्यो भन्ज्यांगका पसलतिर कहिल्यै जादिन l”

साइमुन्द्रीका “साइ” चै त्यो भिडमा नभेटिए नि सोहि दिन बेलुका घरमा आफ्नै दाइको राम धुलाई मज्जाले भेटे अरे भन्नमा भोलिपल्ट सुनियो  (लेखक हाल कतारमा छन् ।)

Related News

हिन्दुले फेर्नुपर्ने मृत्यु संस्कार

-किरण विक- पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोरा प्रकाशको आकस्मिक मृत्युपछि १३ दिने मृत्यु संस्कार र आफ्नो परिवारलाई पनि…

विज्ञकाे कुरा नसुन्ने समाज (सरकार) !

-उत्तम बाबु श्रेष्ठ- अहिलेकाे संसारमा काेहि पनि मान्छे लियाेनार्दाे दा भिन्ची भएर जन्मेका छैनन् जाे विहान माेनालिसाकाे तस्वीर काेर्दथे, दिउँसाे…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी