तमोर करिडोर मार्ग बनेसँगै पुर्वी पहाडमा आयो खुशी

जनताले खोजेको परिणाम हो - भण्डारी
120 Hits

काठमाडौं, २१ माघ
सडक यातायात विकाशशील मूलुकको लागि विकासको पहिलो पुर्वाधार हो । यही विकासको पहिलो पुर्वाधारको रपमा रहेको तमोर करिडोरको सडक सञ्चालनमा आएपछि पुर्वि पहाडि क्षेत्रमा खुशीको लहर आएको छ ।
यातायात संचालनमा आएपछि स्थानियवासी मात्रै होइन राजनीतिक दलका नेतासम्म खुशी देखिएका छन् ।
भारतको जोगवनी र चीनको रिऊ(ओलाड़चुड़गोला जस्ता ठूला ब्यापारिक केन्द्र जोड्ने नेपालकै सबैभन्दा छोटो मार्गको रप्मा रहेको यो करिडोर निर्माणमा मुखइ भुमिका खेलेका दलका नेताहरु खुशी नहुने कुरै भएन ।
यस्तैगरी खुशी हुनेमा उक्त करिडोरका मुख्य पहल कर्ता तथा माओवादी नेता पुर्व सांसद हेमराज भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन् ।


‘एऊटा ठूलै मेहनत,आफ्नो परिकल्पना र योजनाको सफलतामा खुसी नहुने कूरै भएन। यो रणनैतिक महत्वको योजनामा ताप्लेजुड़,पॉचथर,तेह्रथुम र धनकुटाका सबै तत्कालीन सभाषद ज्यू हरूको पनि साथ पाइएको थियो ।मूलघाट (ओलाड़चुड़्गोला (तमोर करिडोर सडक आयोजना ९जुन भारतको जोगवनी र चीनको रिऊ(ओलाड़चुड़गोला जस्ता ठूला ब्यापारिक केन्द्र जोड्ने नेपालकै सबैभन्दा छोटो मार्ग पनि हो० ।

यसको सफलता संगै , अब मुलघाट बाट चतारा पनि जोड्ने र ९ छिन्ताड़० त्रिवेणी दुधकोशी किनार घुर्मी हुदै सुदुर पूर्व बाट काठमांडू सम्म जोड्ने सबैभन्दा छोटो सडक वनाऊने योजनामा लागेका छौ ।यस्ता सामरिक महत्वका योजनाहरूमा यस क्षेत्र भित्रका सबै माननिय ज्यू हरू प्रदेश र संघीय सरकारको पनि ध्यान जाओस ।। अब कूरा हैन, काम गरौस जनताले खोजेको परिणाम हो ।- धन्यवाद

तमोर नदी गड्तिरबाट गाडी चढ्न तीन घण्टा बढी पैदलदूरी यात्रा गरेरमात्र सम्भव हुने सो क्षेत्रमा यातायात सञ्चालन भएसँगै मानिसमात्र होइन स्थानीयस्तरमा उत्पादित कृषि उपजसमेत बजारसम्म पु¥याउन सहज भएकाले यहाँका बासिन्दा खुशी भएका स्थानीयवासी नरेन्द्र याख्खाले बताउनुभयो ।

हामीले सपनामा समेत नसोचेको घरछेउमा गाढी चढ्नमात्र होइन हाम्रो कृषि उपज पनि बजार पुग्ने भएका कारण तमोर नदी किनाराका बासिन्दाले निकै सहज महसुस गरेका छन् । पूर्वी पहाडका धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लालाई तराईका बजार जोड्ने सबैभन्दा छोटो मार्ग तमोर करिडोरअन्तर्गत पाँचथरको फिदिमबजारदेखि धनकुटाको मुलघाटसम्म सवारी साधन सञ्चालनमा आएसँगै स्थानीयवासीले राहत महसुस गरेका छन् ।

धनकुटाको मूलघाटदेखि पाँचथरको सावाखोलासम्म ५२ किमी मार्ग खोल्ने काम पूरा भएसँगै पाँचथरको सदरमुकाम फिदिमदेखि तमोर करिडोर हुँदै तराईका विभिन्न जिल्लातर्फ दैनिक दर्जनभन्दा बढी साना सवारी साधन सञ्चालनमा आउन थालेका छन् ।

तमोर करिडोरमा यातायात सञ्चालन भएसँगै साना होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । यात्रुलाई सेवा दिने उद्देश्यले तमोर करिडोर विभिन्न क्षेत्रमा तीन दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । करिडोरमा नियमित रुपमा गाडी चल्न थालेपछि व्यापार व्यवसाय बढेको हंशमोरङका होटल व्यवसायीको रेणुदेवी दाहालले बताउनुभयो ।

यातायातका साधन सञ्चालनमा आएसँगै अहिले दैनिक उपभोग्य सामान गाउँसम्म पु¥याउन तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादनबजार लैजान पनि निकै सहज भएको स्थानीयवासी बताउँछन्् । धनकुटाको मूलघाटबाट पाँचथरको माझीटार, ताप्लेजुङको सुकेटार र ओलाङ्चुङ्गोला हुँदै चीनको तीब्बतसँग जोड्ने लक्ष्यका साथ आयोजनाको काम भइरहेको आयोजना प्रमुख कुबेर नेपालीले बताउनुभयो ।

उहाँका अनुसार तमोर करिडोर अब बराहक्षेत्र हुँदै सुनसरीको चतरा जोड्ने ठेक्का सम्झौता एक महिनभित्र हुने र पाँचथरको सुवाङ खोलादेखि चतरा १४० किमी सडक हुने नेपाली बताउनुहुन्छ । नेपालीका अनुसार करिब रु ६५ करोड खर्चमा मूलघाट ताप्लेजुङ सडकखण्डमा काम भइरहेको छ ।

मेची पहाडको ताप्लेजुङबाट तराई पुग्न ८ देखि १० घण्टा र पाँचथरदेखि इलाम हुँदै तराईसम्म छ घण्टा लाग्ने अवस्था रहेकामा हाल तमोर करिडोर हुँदै तराई पुग्न ताप्लेजुङबाट चारदेखि पाँच घण्टामा तराईका जिल्ला पुग्न सकिने यातायात व्यवसायीको भनाइ छ । मेची राजमार्ग हुँदै तराई जानुभन्दा ५० प्रतिशत कम समय तमोर करिडोरमा लाग्ने भएकाले उपयुक्त र सहज पहुँचमार्ग बन्ने स्थानीयवासीको भनाइ रहेको छ ।

धनकुटाको मूलघाटदेखि तमोर करिडोर १८० किमी र मोरङको रानीभन्सारदेखि ताप्लेजुङ ओलाङ्चुङ्गोला हुँदै चीन जोड्न कूल २७० किमीसम्म उत्तर–दक्षिण सडक हुने आयोजनाका प्रमुख नेपालीले बताउनुभयो । यता तमोर करिडोरकै मूलघाट–चतरा ३३ किमी सडक मार्ग खोल्न बजेटसमेत विनियोजन भइसकेकाले चीन र भारत जोड्ने थप छोटो पहुँचमार्ग बन्नेसमेत निश्चित छ ।

Loading...

Related News

लौ पढौं भदौ ८ का प्रमुख समाचारहरु

काठमाडौं, ८ भदौ आज २०७५ साल भदौ ८ गते शुक्रबार, तद्नुसार २४ अगष्ट २०१८ । आज कन्चनपुरमा बालिका बलात्कार काण्डको…

९ वर्षका छोराले दिए ४१ वर्षीय पीतालाई दागवत्ति, पुरै गाउँ शोकमा

लमजुँग, बैसाख- ९ वर्षको वालकलाई आफ्नै बुबाको मुखमा दागवत्ति दिएर जलाउनु पर्दा कस्तो हुन्छ होला ? यस्तै भयो लमजुँगमा ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी