प्रदेश २, ५, ६ र ७ मा आज पहिलो बैठक, यस्ता छन् बैठक स्थलहरु

96 Hits

काठमाडौं, २१ माघ ।
संघियताको कार्यान्वयन हुँदैछ । संविधानमा व्यवस्था गरिएका ७ प्रदेश मध्ये प्रदेश नं ३ को बैठक सकिएको छ भने आज प्रदेश नं २, ५, ६ र ७ का पहिलो बैठकहरु हुँदैछन् ।
पहिलो बैठकका लागि सबै प्रदेशमा सभाहलहरु निर्माण गरिएका छन् कतिपय भाडामा लिउका हलहरु छन् भने कतिपय सरकारी हल प्रयोग गरिएका छन् । जेनतेन सभाहलको तयारी पूरा भएको बताइएको छ । तर अन्य कुनै पनि संरचना तयार भएका छैनन् ।
प्रदेश २ मा शनिबार रातभर लगाएर हल तयार पारिएको छ । पहिलो बैठक सञ्चालन हुने जनकपुरको शैक्षिक तालिम केन्द्र भवनलाई रंगरोगन गरी व्यवस्थित बनाइएको छ । हलमा कुर्सी र डेस्क, साउन्ड सिस्टम, लाइटिङको काम सक्न रातभर कर्मचारी खटाइएको सहरी सडक विकास तथा भवन निर्माण प्रमुख गंगा यादवले बताएका छ ।
प्रदेश ५ को प्रदेशसभास्थल बुटवल खयरघारीस्थित उद्योग वाणिज्य संघको सभाहललाई संसद् बैठकका लागि सजाइएको छ । बैठक कक्षभित्र अडियो, भिडियो रेकर्ड गर्ने कन्ट्रोल रुम, मर्यादापालक, पत्रकार र आमन्त्रित व्यक्ति बस्ने स्थान छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।

प्रदेश ६ को पहिलो बैठकमा पत्रकारहरुलाई हलभित्र प्रवेश निषेध गरिएको छ । हलभित्र ठाउँ अभावका कारण पत्रकारहरुलाई रिपोर्टिङको व्यवस्थापन गर्न नसकिएको सचिवालयले जनाएको छ। पत्रकारहरुका लागि हल बाहिर सुरक्षाकर्मीहरु रहेको स्थानबाट रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको हो ।

हलको बाहिर एक साइडमा सुरक्षाकर्मी र एक साइडमा पत्रकारलाई र अन्य नागरिक बस्ने व्यवस्था मिलाइएको छ । सोही ठाउँमा टिभीको ठूलो स्कृनमा लाइभ देखाउने व्यवस्था गरिएको छ । नेपाल टेलिभिजनलाई भने हलभित्र प्रवेश गराउने तयारी गरिएको छ । त्यसबाहेक रेडियो नेपाल र राससका पत्रकारहरुलाई समेत प्रवेशको व्यवस्था गरिएको छैन ।

 

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी