विद्यार्थी नेताहरुसँग प्रचण्डले भने – ‘एकता हुन्छ हुन्छ’

149 Hits

काठमाडौं, २१ माघ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच पार्टी एकता हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् । पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आफ्नै निवासमा आइतबार विहान विद्यार्थी नेताहरुलाई भने पार्टी एकताको लािग जनताले म्याण्डेट दिइसकेका छन् अब त्यसबाट पछाडि जान सकिन्न पार्टी एकता हुन्छ ढुक्क हुनुस ।


भेटमा सहभागि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने अध्यक्ष क।प्रचण्डले भन्नुभयो जनताको अभुतपुर्व म्यान्डेट पार्टी एकताको पक्षमा छ,पार्टी एकता भएरै छाड्छ। बस्नेतका अनुसार प्रचण्डले पार्टी एकताको लािग विचार कार्यनीति, रणनीति, नेतृत्व का विषयहरु छलफलमै भएकाले अहिल्यै आज वा भोली कहिले हुन्छ भन्न सकिने कुरा भएन तर एकता हुने कुरामा प्रचण्ड ढुक्क देखिएका थिए ।

उनले जनयुद्धको भावना, झापा आन्दोलन, विभिन्न आन्दोलन र संघर्षहरुको प्रतिफल अहिलेको परिवर्तन भएकोले परिवर्तनलाई संस्थागत गर्ने ढंगले नै एकता हुने प्रचण्डको भनाई रहेको बताए । एकताको विषमा अतिरञ्जीत प्रचार भइरहेको प्रचण्डको भनाई थियो ।

Loading...

Related News

अध्यक्ष प्रचण्ड र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता

नयाँ दिल्ली, २२ भदौ । तीनदिने औपचारीक भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र भारत…

सकियो माओवादी र एमाले अध्यक्षको एकता वार्ता, यस्तो भयो सहमति

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड\ले फागुन १ गते नै एकता प्रक्रिया टुंग्याउने उद्घोष गरेपछि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी