मध्यपश्चिम विश्वविद्यालयमा माघ २६ गते अखिल क्रान्तिकारी गर्जिने, यस्तो छ तयारी

114 Hits

सुर्खेत, २१ माघ ।
अखिल (क्रान्तिकारी) मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोश्रो इकाइ सम्मेलनको तयारी तिब्र पारेको छ । आगामी माघ २६ गते हुने सम्मेलनको लागि विश्वविद्यालयका ५ ओटै व्यवस्थापन, मानबिकी, बिज्ञान, शिक्षा र इन्जिनियरिङ संकायमा सम्मेलन सम्पन्न भैसकेको अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज महेश जि.सी. ले जानकारी दिएका छन ।

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन संगठनका केन्द्रिय अध्यक्ष रन्जित तामाङ द्वारा उद्घाटन गरिने कार्यक्रममा केन्द्रिय उपाध्यक्ष पन्चा सिंह, केन्द्रिय सचीव तथा ६ न। प्रदेश संयोजक अम्मरजङ्ग शाही, केन्द्रिय सचीव गङ्गा दाहाल लगायतका नेताहरुको उपस्थिति रहने भएको छ । साथै बृहत सास्कृतिक कार्यक्रमको लागि राष्ट्रिय लोक तथा दोहोरी गायक सुकदेब अधिकारी लगाएतको बेजोड प्रस्तुति रहने जि।सी।ले बताए ।
जिल्ला इन्चार्ज महेश जि।सी। ले सम्मेलनलाइ भब्य रुपमा सम्पन्न पार्नको लागि सुर्खेत जिल्लामा कार्यरत केन्द्रिय सदस्यहरु, विश्वविद्यालयको आयोजक समितीका सदस्यहरु र मातहतका संकायका सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाइ तयारिमा लाग्न निर्देशन समेत दिएका छन् ।

Related News

क्रान्तिकारीले दियो बेनोज स्मृति पुस्तकालयलाई १ लाख १ हजार

काठमाडौं, २४ फागुन नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आफ्ना तत्कालीन उपाध्यक्ष एवम् सहिद वेनोज अधिकारीका नाममा स्थापित पुस्तकालयका लागि…

Comments are closed